कोटेश्वरबाट दश वटा जीवित कछुवाको बच्चा सहित दुई जना पक्राउ « Khabarhub

कोटेश्वरबाट दश वटा जीवित कछुवाको बच्चा सहित दुई जना पक्राउ


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट १० वटा जीवित कछुवाको बच्चा (आखेटोपहार) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् ।

कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा शङ्कास्पद रूपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त कछुवाको बच्चाहरू सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूले प्रयोग गरेको बा.९९ प ४९४४ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल समेत बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  १२ : ५९ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड