विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिद्वारा मनसुन प्रतिकार्य कमान्ड गठन « Khabarhub

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिद्वारा मनसुन प्रतिकार्य कमान्ड गठन


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १३औं बैठकले यस वर्षको मनसुन कार्ययोजना स्वीकृत गरेको हो ।

बैठकले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा ‘मनसुन प्रतिकार्य कमान्ड टोली’ गठन गरेको छ ।

टोलीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, जल तथा मौसम विज्ञान विभाग, सडक विभाग, जलस्रोत तथा सिंचाई विभागका प्रतिनिधिहरु रहेका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ६ : ४८ बजे

पुलिसले जित्यो महिला भलिबल प्रतियोगिताको उपाधि

झापा – अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आज भएको फाइनल

मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर

काठमाडौं – उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले विवाद

अल्झन, आरोप प्रत्यारोपबीच सिरियाको सङ्क्रमणकालको एक वर्ष पूरा

जेनेभा – सिरियामा शासक बशर अल–असदलाई सत्ताच्युत गरेको एक वर्षसम्म

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा – दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको