सरकारलाई भीम रावलको प्रश्न- हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा ? | Khabarhub Khabarhub

सरकारलाई भीम रावलको प्रश्न- हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा ?


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले सांसद् भीम रावलले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिकी भ्रमणलाई लिएर देशको शासकीय व्यवस्थाबारे प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले असारमा प्रधानसेनापतिलगत्तै प्रधानमन्त्रीको अमेरिका भ्रमण हुन लागेको भन्दै शासकीय व्यवस्थाबारे प्रश्न उठाएका हुन् ।

१२ असारमा प्रधानसेनापति प्रभुराम शर्मा र २८ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण हुन लागेको विषयमा छलफल गर्न परराष्ट्र र प्रधानमन्त्रीलाई बोलाउनु पर्ने भन्दै रावलले भने, ‘नेपालको कुटनीति सेनाको हातमा गइसक्यो । प्रधानमन्त्री अमेरिकी भ्रमणमा जाने रे, सम्पुर्ण जिम्मा नेपाली सेनालाई दिएको रे । हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा छौं ?’

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ६ : ५१ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस