शनिबारदेखि सीमामा रोकिएका ७५ टयांकर र ग्यासका ४८ बुलेट नेपाल भित्रिए « Khabarhub

शनिबारदेखि सीमामा रोकिएका ७५ टयांकर र ग्यासका ४८ बुलेट नेपाल भित्रिए


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शनिबारदेखि सीमामा रोकिएका पेट्रोलियम पदार्थ बोकेका ट्यांकर सोमबार अबेर भैरहवा भन्सार कार्यालय भित्रिएका छन् । भारतीय भन्सार कार्यालयले एडी कोड नभएको भन्दै ३ दिनदेखि रोकेको ट्यांकर म्यानुअल रुपमा कोड प्रविष्ट गरेपछि साझ सवा ७ बजे नेपाल आएका हुन् । भारतमा रोकिएको डिजल पेट्रोलको ७५ वटा ट्यांकर र ग्यासको ४८ वटा बुलेट नेपाल आएका हुन् ।

भारतीय भन्सार कार्यालयले प्रयोग गर्दै आएको सिस्टम अपडेट गर्दा नेपाल आउने पेट्रोलियम पदार्थ शनिबारदेखि सिमामा रोकिएको थियो । भारतीय भन्सार कार्यालयले एडी कोड प्रविष्ट गरेर मात्रै निर्यात दिने व्यवस्था अनिवार्य गरेपछि तेल आयात हुन सकेको थिएन । भारतीय आयल कर्पोरेशनले एडी कोड राख्नुपर्ने प्रावधान रहेको छ । शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्था अनुसार कर्पोरेशनले कोड नराखिदिँदा नेपालतर्फ पेट्रोलको आपूर्ति घटेको थियो ।

नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीले भारतीय भन्सार कार्यालयमा प्रतिनिधि पठाएर म्यानुअल रुपमा काम अगाडि बढाएसँगै रोकिएका ट्यांकर नेपाल आएको कार्यालय प्रमुख नव विनोद पोखरेलले जानकारी दिए । तत्कालका लागि आइओसीले म्यानुअल गरिदिनका लागि भारतीय भन्सारलाई अनुरोध गरेपछि हाललाई नेपाल आउने पेट्रोलियम पदार्थको अवरोध हटेको छ ।

भैरहवा भन्सार कार्यालयले भन्सार प्रक्रिया पुर्‍याई तत्कालै ट्याङकरहरु गनतव्यमा पठाउने भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानले बताए । ‘आइओसी सिस्टममा नजाँदा समस्या आएको हो, भन्सारले जति सक्दो छिटो आएका ट्यांकर भन्सार गरेर पठाउँछ’ उनले भने ।

नेपालमा आइओसी मार्फत् तेल आउने गर्छ, भारतीय आइसिई गेट पोर्टलमा बैक, एडी कोड, खाता नम्बर, लोकेशन सहितको डाटा प्रविष्ट गर्नुपर्छ । जसका लागि अनिवार्य रुपमा चालु रहेको खाताको पासवुकको फोटो र खाता वाहकको बैंकले जारी गरेको प्रमाण पत्र चाहिन्छ । यो प्रक्रिया अपनाएर आधिकारिक रुपमा दर्ता र अध्यावधिक गर्नुपर्छ ।

३ दिन तेल आयात रोकिदा नेपाल तर्फ अभाव हुन थालेको थियो । डिजलको भण्डारण क्षमता भन्दा पेट्रोलको कम भएकोले बजारमा पेट्रोलको अभाव सिर्जना भइसकेको थियो । भन्सारबाट आएको टयाङकर तत्कालै प्रदेशिक कार्यालयले सम्बन्धित पेट्रोल पम्पमा राती नै पठाउने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ९ : ५६ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार