एनआरएनएलाई राजनीतिकबाहेक अधिकार दिनुपर्छ : ओली   « Khabarhub

एनआरएनएलाई राजनीतिकबाहेक अधिकार दिनुपर्छ : ओली  


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैर आवासीय नेपालीलाई राजनीतिकबाहेक पूर्ण अधिकार दिनुपर्ने बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. बद्री केसी र कार्यकारी अध्यक्ष कुल आचार्यसहितको टोलीसँग मंगलबार भएको भेटमा ओलीले गैरआवासीय नेपालीलाई नागरिकता दिन एमाले सकरात्मक रहेको जवाफ दिएका हुन्।

ओलीले गैर आवासीय नेपालीलाई ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मान्यता अनुरूप नागरिकताको निरन्तरता हुनुपर्ने बताएका छन्। उनले गैर आवासीय नेपालीलाई दिइने नागरिकतामा राजनीतिक अधिकारबाहेक अन्य अधिकारमा कुनै कटौती नगरिने आश्वासन दिए।

ओलीले संविधानको भावना अनुरुप आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता गैर आवासीय नेपालीलाई प्रदान गर्न उचित हुने बताए । उनले नेपालको राजनीतिमा आउन चाहनेहरुले विदेशी नागरिकता त्याग गरेर आउन सक्ने पनि बताए ।

भेटमा संघका अध्यक्ष आचार्यले विदेशमा बस्ने नेपालीको मुख्य माग दोहोरो नागरिकता भएको बताउँदै संविधानको भावना अनुरूप गैर आवासीय नेपालीलाई नागरिकता दिनुपर्ने माग राखे । गैर आवासीय नेपालीले नागरिकता प्राप्त गरेपछि देशको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समेत उल्लेख्य सहयोग पुग्ने आचार्यको भनाइ थियो ।

भेटमा संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले संसद्‍मा टेबुल भएको गैर आवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पास गरेर छिटो भन्दा छिटो कार्यान्वयन गर्न आग्रह गरे ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : २० बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा