एनआरएनएलाई राजनीतिकबाहेक अधिकार दिनुपर्छ : ओली   « Khabarhub

एनआरएनएलाई राजनीतिकबाहेक अधिकार दिनुपर्छ : ओली  


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैर आवासीय नेपालीलाई राजनीतिकबाहेक पूर्ण अधिकार दिनुपर्ने बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. बद्री केसी र कार्यकारी अध्यक्ष कुल आचार्यसहितको टोलीसँग मंगलबार भएको भेटमा ओलीले गैरआवासीय नेपालीलाई नागरिकता दिन एमाले सकरात्मक रहेको जवाफ दिएका हुन्।

ओलीले गैर आवासीय नेपालीलाई ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मान्यता अनुरूप नागरिकताको निरन्तरता हुनुपर्ने बताएका छन्। उनले गैर आवासीय नेपालीलाई दिइने नागरिकतामा राजनीतिक अधिकारबाहेक अन्य अधिकारमा कुनै कटौती नगरिने आश्वासन दिए।

ओलीले संविधानको भावना अनुरुप आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता गैर आवासीय नेपालीलाई प्रदान गर्न उचित हुने बताए । उनले नेपालको राजनीतिमा आउन चाहनेहरुले विदेशी नागरिकता त्याग गरेर आउन सक्ने पनि बताए ।

भेटमा संघका अध्यक्ष आचार्यले विदेशमा बस्ने नेपालीको मुख्य माग दोहोरो नागरिकता भएको बताउँदै संविधानको भावना अनुरूप गैर आवासीय नेपालीलाई नागरिकता दिनुपर्ने माग राखे । गैर आवासीय नेपालीले नागरिकता प्राप्त गरेपछि देशको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समेत उल्लेख्य सहयोग पुग्ने आचार्यको भनाइ थियो ।

भेटमा संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले संसद्‍मा टेबुल भएको गैर आवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पास गरेर छिटो भन्दा छिटो कार्यान्वयन गर्न आग्रह गरे ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : २० बजे

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा

टीकापुर– कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले