कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज जारी रहने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा सोमबार सुरु भएको बैठकको तेस्रो दिन पनि स्थानीय तहको निर्वाचनको समीक्षा, नयाँ भ्रातृ संघ संगठनको विधानसहित विविध विषयमा केन्द्रीय सदस्यले धारणा राख्नेछन् ।

मंगलबार दोस्रो दिन बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका केही केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए। सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका थिए ।

प्रवक्ता प्रकाशशरण महतले मंगलबार आगामी चुनावमा कसरी जाने भन्नेमा नेताहरूको मिश्रित प्रतिक्रिया आए पछि गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको बताएका थिए। गठबन्धन गर्नुपर्ने पक्षमा बलियो मत रहे पनि कसरी गर्ने भन्ने बारेमा छलफलबाट निर्णय हुने उनले बताएका थिए।

आगामी निर्वाचनका लागि पार्टीले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान फेरि सञ्चालन गर्नेसमेत बताए।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : ३९ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी