चार दिने नेपाल भ्रमण सकेर लिउ आज स्वदेश फर्कँदै « Khabarhub

चार दिने नेपाल भ्रमण सकेर लिउ आज स्वदेश फर्कँदै


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ आज स्वदेश फर्कँदै छन् ।

गत आइतबार चार दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका लिउ बुधबार स्वदेश फर्कन लागेका हुन् ।

लिउ पौने १२ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ । त्यसअघि साढे १० बजे उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्ने राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

हिजो तेस्रो दिन मंगलबार तीन जना कम्युनिस्ट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका थिए।

भ्रमणको पहिलो दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटेका लिउले दोस्रो दिन सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १० : ०७ बजे

टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई

विशाखापट्टनमबाट फर्किंदै गरेको इरानी युद्धपोतमाथि अमेरिकी हमला, ८० नौसैनिकको मृत्यु

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी युद्धको आज पाँचौं दिनमा

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा – प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौं – निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली – बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले