सुदूरपश्चिम प्रदेशसभा : प्रतिपक्षसँग गरिएको छलफल निष्कर्षविहीन « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा : प्रतिपक्षसँग गरिएको छलफल निष्कर्षविहीन


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- बजेट ल्याएको २९ दिनपछि सुदूरपश्चिम प्रदेश सरकारले प्रतिपक्षी दलसँग बजेटमाथि छलफल गर्ने वातावरण बनाउन भन्दै छलफल सुरु गरेको छ । बुधबार बिहान सरकार र प्रतिपक्षी तीन दल (नेकपा एमाले, लोसपा र जसपा) बीच बजेटका असहमति बारेमा छलफल भएको हो ।

तर, छलफलले समस्याको हल भने निकाल्न सकेको छैन । प्रतिपक्षी दलहरूले सरकारले सदनमा प्रस्तुत गरेको बजेट संशोधनसहित १४ बुँदे माग अघि सारेको थियो । सो विषयमा केही बेर सामान्य छलफल भए पनि ठोस निचोड ननिस्केको एमाले संसदीय दलका उपनेता पठानसिंह बोहराले बताए ।

‘छलफलमा प्रतिपक्ष दलले अघि सारेका मागप्रति केही बेर सामान्य छलफल भयो,’ बोहराले भने, ‘तर, सरकारले आन्तरिक छलफल गरेर पुनः प्रतिपक्षसँग बस्ने भनेपछि आजको छलफल निश्कर्षवहीन बनेको हो ।’ सरकारले आजै पुनः प्रतिपक्षसँग छलफल गर्ने तयारी गरेको छ ।

वार्तामा सरकारको तर्फबाट मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मनाबहादुर धामी सहभागी थिए । यसैगरी, प्रतिपक्षी दलको तर्फबाट एमाले दलका नेता प्रकाश शाह, प्रमुख सचेतक लिलाधर भट्ट र कार्य व्यवस्था परामर्श समितिका सदस्य बलदेव रेग्मी, लोसपाका प्रदेशसभा सदस्य कृष्ण चौधरी थिए ।

सुदूरपश्चिम प्रदेश सरकारले १ असारमा ल्याएको बजेट नीति र सिद्धान्त विपरीत आएको भन्दै प्रतिपक्ष दलसहित सत्तापक्षकै प्रदेशसभा सदस्यहरूले विरोध गर्दै आएका छन् । प्रतिपक्ष र सरकार पक्षकै बहुसङ्ख्यक प्रदेशसभा सदस्यहरूले बजेटका बारेमा निरन्तर विरोध गर्दै आएपछि हालसम्म प्रदेशसभामा बजेटमाथि छलफल हुन सकेको छैन । असार महिनाभित्रै बजेट पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १ : १७ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय