बेँसीसहर नगरपालिका पशु पूर्णखोपयुक्त पालिका घोषणा « Khabarhub

बेँसीसहर नगरपालिका पशु पूर्णखोपयुक्त पालिका घोषणा


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बेँसीसहर नगरपालिकालाई पशु पूर्णखोपयुक्त पालिका घोषणा गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङद्धारा बुधबार आयोजित  कार्यक्रममा बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले पशु पूर्णखोपयुक्त पालिका घोषणा गरेका हुन् ।

 भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. रूपेश श्रेष्ठले बेँसीशहरको ३२ हजार नौ सय ७० पशुहरूमा विभिन्न प्रकारका खोप लगाइएको बताए ।  बेँसीसहर नगरपालिकामा मात्रै ३७ हजार नौ सय ६३ पशुपालन हुँदै आएको तथ्यांक छ ।

जसमध्ये ८६ दशमलव आठ प्रतिशत पशुमा विभिन्न प्रकारको खोप लगाइसकिएको छ । बेँसीशहरमा एक हजार सात सय ५५ गाई गोरु, चार हजार तीन सय ९ भैंसी, २४ हजार सात सय २७ भेडा बाख्रा, नौ सय ४९ बुंगुर, एक हजार दुई सय ३० कुकुर बिरालोलाई खोप लगाएको कार्यालयको तथ्यांक छ । 

अघिल्लो आर्थिक वर्षबाट जिल्लाका दुई स्थानीय तहमा पशु पूर्ण खोप कार्यक्रम सञ्चालन भएकोमा बेँसीसहर नगरपालिकामा अघिल्लो र चालु आर्थिक वर्षमा यो कार्यक्रम सञ्चालन भएको हो । गत आर्थिक वर्षमा बेँसीशहरसँगै मध्यनेपाल नगरपालिकामा पनि यो कार्यक्रम सञ्चालन भएको थियो । मध्यनेपाल नगरपालिकालाई  ३२ असारमा पशु पूर्णखोपयुक्त पालिका घोषणा गर्न तयारी भएको छ । 

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षबाट सुन्दरबजार नगरपालिकामा पनि कार्यक्रम कार्यन्वयनमा ल्याएको हो । सुन्दरबजार नगरपालिकालाई पनि केही दिनमा मिति तय गरी पशु पूर्ण खोप पालिका घोषणा गर्ने कार्यालयको तयारी छ । 

 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ६ : ३२ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।