सरकारको बेरुजु रकम ४ खर्ब ८३ अर्ब पुग्यो (प्रतिवेदनसहित) « Khabarhub

सरकारको बेरुजु रकम ४ खर्ब ८३ अर्ब पुग्यो (प्रतिवेदनसहित)


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महालेखा परीक्षकको ५९ औँ प्रतिवेदन सार्वजनिक भएको छ । सार्वजनिक प्रतिवेदन अनुसार सरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड भन्दा बढी देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ सम्मको लेखा परीक्षण गर्दा सरकारको यति धेरै बेरुजु देखिएको हो ।

महालेखा परीक्षकका अनुसार गत वर्ष मात्रै १ खर्ब २७ अर्ब रुपैयाँ बराबर बेरुजु थपिएको छ । महालेखा कार्यालयले यो वर्ष संघीय र प्रदेश सरकारी कार्यालय, स्थानीय तह, संगठित संस्था, समिति तथा अन्य संस्था समेतको ७५ खर्ब १७ अर्ब ९५ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको जनाएको छ ।

अघिल्लो वर्षको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड रहेको थियो । उक्त बेरुजुमध्ये गत वर्ष ५० अर्ब २९ करोड बराबर मात्रै फर्छ्यौट भएको जनाइएको छ । बुधबार सार्वजनिक भएको महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनअनुसार संघीय सरकारअन्तर्गतका ३ हजार २ सय ८७ सरकारी कार्यालयको लेखा परीक्षण गरिएको थियो । यस्ता निकायहरुमा गत वर्ष २८ खर्ब २० अर्ब ३७ करोडको लेखा परीक्षण भएकोमा ४९ अर्ब ४७ करोड रुपैयाँ बेरुजु देखिएको छ ।

यस्तै, प्रदेशअन्तर्गतका १ हजार १ सय ३१ वटा निकाय र कार्यालयको २ खर्ब ९९ अर्ब ५७ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएकोमा ७ अर्ब ४८ करोड रुपैयाँ बेरुजु देखिएको छ । स्थानीय तहको १० खर्ब ५१ अर्ब ९ करोड रुपैयाँको लेखा परीक्षण गरिएकोमा ४३ अर्ब ९० करोड बेरुजु देखिएको पनि प्रतिवेदनमा उल्लेख छ । देशभरका ४ सय ४८ समिति तथा अरु संस्थाको २ खर्ब ६ अर्ब १२ करोड रुपैयाँको लेखा परीक्षण गरिएकोमा १४ अर्ब १९ करोड बेरुजु देखिएको छ ।

यस्तै सरकारी स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थानमध्ये २६ ले लेखा परीक्षण नै नगरेको पाइएको छ । महालेखापरीक्षकको ५९ औँ वार्षिक प्रतिवेदनको सारांश अनुसार २०७८ जेठसम्म १६ संस्थानले मात्रै तोकिएकै समयमा २०७७/७८ सम्मको लेखा परीक्षण गराएका छन् । मुलुकभित्र ४२ संस्थानहरू छन् ।

सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७९ मा उल्लेख भएअनुसार ४२ संस्थानको विगत ३ वर्षको सञ्चालन अवस्था पनि नकारात्मक छ । ‘४ क्षेत्रका १५ सार्वजनिक संस्थान निरन्तर घाटामा रहेका छन् । त्यस्ता संस्थानको कुल सञ्चित नोक्सानी २०७५/७६ मा २६ अर्ब ९ करोड ८ लाख रहेकोमा २०७६/७७ मा बढेर ३२ अर्ब ३ करोड ७८ लाख र २०७७/७८ मा ३५ अर्ब १६ करोड ८८ लाख पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ५ : ३९ बजे

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र