प्रदेश प्रमुख खापुङ्ग समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस « Khabarhub

प्रदेश प्रमुख खापुङ्ग समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्गलाई महालेखा परीक्षकको प्रदेशको आर्थिक वर्ष २०७७/७८ को चौथो वार्षिक प्रतिवेदन–२०७९ आज हस्तान्तरण गरिएको छ । प्रदेश प्रमुख खापुङ्गलाई नेपालको संविधानको धारा २९४ को उपधारा–३ बमोजिम नायब महालेखा परीक्षक पदमप्रसाद आचार्यले आव २०७७/७८ मा कारोबारको लेखा परीक्षण सम्पन्न गरिएको उक्त प्रतिवेदन पेस गरेका हुन्।

प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन ग्रहण गर्दै साधन स्रोतको अधिकतम उपयोग गरी बेरुजु घटाउन महालेखा परीक्षकको कार्यालयले थप भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए । उनले वर्तमान अवस्थामा मितव्ययिता अपनाउनुपर्नेमा जोड दिँदै आम्दानी सम्बन्धमा स्पष्ट उल्लेख गर्नुपर्ने विचार राखे।

प्रदेश प्रमुख खापुङ्गले प्राप्त प्रतिवेदन मुख्यमन्त्रीमार्फत प्रदेशसभा तथा समितिका सभापतिमा बुझाइ बेरुजु घटाउने सम्बन्धमा आवश्यक छलफल हुने विश्वास व्यक्त गरे। नायब महालेखा परीक्षक आचार्यले प्रदेश वित्तीय प्रशासन र आर्थिक अनुशासनलाई सबल बनाउन अनुगमन, मूल्याङ्कन, जिम्मेवारी र जबाफदेहिता पालना गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिए।

प्रतिवेदमा लेखा परीक्षण गरिएका निकाय सङ्ख्या १९७ रहेको छ भने रु ४५ अर्ब ५९ करोड १७ लाख ५८ हजार रकम रहेको छ । यस्तै यो वर्ष बेरुजु रु एक अर्ब ६२ करोड ८६ लाख १३ हजार देखिएको छ जसमध्ये असुल गर्नुपर्ने रु १७ करोड ४४ लाख ४९ हजार, नियमित गर्नुपर्ने रु एक अर्ब ३० करोड ७३ लाख ७१ हजार र पेश्की रु १४ करोड ६७ लाख ९२ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : २२ बजे

 ११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी

धुन्चेका वडाध्यक्ष भन्छन, ‘बाढी आइरहेको छ तर वेग बुधबारको जस्तो बलियो छैन’

काठमाडौं– शुक्रबार भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेंसीभन्दा तल आइपुगेको

बाढी प्रभावितका लागि एक्स्ट्रिमको १ करोड सहयोग

काठमाडौं– बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई

काठमाडौं – नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका