स्कटल्याण्डले नेपाललाई जितका लागि दियो १४५ रनको लक्ष्य « Khabarhub

स्कटल्याण्डले नेपाललाई जितका लागि दियो १४५ रनको लक्ष्य


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध जितका लागि १४५ रनको लक्ष्य पाएको छ ।

स्कटल्यान्डको ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले ४२.५ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनायो । नेपालका सोमपाल कामी, आदिल अन्सारी र करण केसीले उत्कृष्ट बलिङ गरेपछि स्कटल्यान्ड सस्तैमा समेटिएको हो ।

स्कटल्यानडका लागि नवौँ नम्बर ब्याटिङ गर्न लागेको गाबिन मैनले सर्वाधिक ६४ रन बनाए । यस्तै, मार्क वाटले १७, सफयान शरिफले १६, कालुम म्याकलोड १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका सोमपालले १० ओभरमा ४० रन दिएर तीन विकेट लिए । आदिल अन्सारीले १० ओभरमा एक मेडनसहित ३१ रन खर्चिएर तीन विकेट झारे ।  करण केसीले ९ ओभरमा ३१ रन दिएर एक विकेट लिए । कप्तान सन्दीपले १० ओभरमा ३५ रन दिएर दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरीको नाममा एक विकेट रह्यो ।

श्रृंखलाका लागि स्कटल्यान्ड रहेको नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । यता, स्कटल्यान्डले नामिबियालाई ७७ रनले हराएको हो ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : ५७ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको