गभर्नरको राजीनामा माग गर्दै दाङमा मसाल जुलुस « Khabarhub

गभर्नरको राजीनामा माग गर्दै दाङमा मसाल जुलुस


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै दाङमा राँके जुलुस निकालिएको छ ।

नेकपा एमालेको अर्थ तथा योजना विभागको कमिटीमा गभर्नर अधिकारी रहेको पाइएपछि उनको राजीनामा माग गर्दै अखिल नेपाल राष्ट्रिय स्ववियु विद्यार्थी (क्रान्तिकारी) दाङले विरोध प्रदर्शन गर्दै मसाल जुलुस निकालेको हो ।

एमालेले योजना विभागमा राष्ट्र बैंकका गभर्नरलाई राखेर पछि सुटुक्क नाम लुकाउन खोजिएको भन्दै उनीहरूले विरोध जनाएको बताएका छन् ।

प्रदर्शनमा उत्रेकाहरूले गभर्नर अधिकारी एमालेको संगठनमा हुनु आपत्तिजनक भएको भन्दै तत्काल राजीनामा दिन माग गरेका छन् ।

एमालेको योजना विभाग कमिटीमा गभर्नरको नाम आएपछि उनी चौतर्फी आलोलित बनेका छन् भने संसदमा पनि कुरा उठेको छ ।

यता गभर्नर अधिकारीले भने आफू उक्त समितिमा नभएको दाबी गरेका छन् ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १० : १५ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित