संसदीय विशेष छानविन समितिले गर्‍यो अर्थ मन्त्रालयको अवलोकन « Khabarhub

संसदीय विशेष छानविन समितिले गर्‍यो अर्थ मन्त्रालयको अवलोकन


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करका दर हेरफेर गरेको भन्ने सन्दर्भमा गठित संसदीय विशेष छानविन समितिले आज अर्थमन्त्रालयमा स्थलगत अवलोकन गरेको छ ।

समितिका सदस्य मन्त्रालयमा पुगी स्थलगत अवलोकन गरेको समितिका सदस्य विमला विकले जानकारी दिइन् । “समितिका सबै सदस्य आज मन्त्रालयको पुगी वस्तुस्थिति हेरेर आयौँ”, उनले भनिन्, “अवलोकनका क्रममा अर्थमन्त्रालयका सम्बन्धित कर्मचारीबाट जानकारी पनि लियौँ ।”

उनले निरीक्षणका क्रममा सिसीटिभी कहाँकहाँ तथा कुनकुन कार्यकक्षमा जडान गरिएका तथा सिसिटिभीको संरचना र नियन्त्रण कसरी गरिएको छ भन्ने सम्बन्धमा पनि जानकारी लिएको बताइन् ।

समितिबाट कार्यविधिले तोकेको कागजात पनि मन्त्रालयसँग माग गरिएको उनले बताइन् । बजेटमा करको दर हेरफेरका सम्बन्धमा ११ सदस्यीय समिति गठन गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १० : २८ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा