पाँच घण्टामा नियन्त्रणमा आयो भृकुटीमण्डपको आगलागी, आठ दमकल र ३० पानी ट्याङ्कर प्रयोग « Khabarhub

पाँच घण्टामा नियन्त्रणमा आयो भृकुटीमण्डपको आगलागी, आठ दमकल र ३० पानी ट्याङ्कर प्रयोग


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२९ भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्को गोदाम घर र राष्ट्रिय अपाङ्ग कोषको कृत्रिम मानव अङ्ग राखिएको गोदाम घरमा आज भएको आगलागी पाँच घण्टामा नियन्त्रणमा आएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अपराह्न २ः३० बजेको समयमा लागेको आगो साँझ ७ः१५ बजे पूर्ण नियन्त्रणमा लिइएको हो ।

आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाबाट (जुद्ध बारुणयन्त्र) को एक, बौद्ध रामहिटीको एक, ललितपुर महानगरपालिकाको एक, भक्तपुर नगरपालिकाको एक, नेपाली सेनाको दुई, त्रिभुवन विमानस्थलको एक र नेपाल प्रहरीको वाटर क्याननसहित आठ वटा दमकल र ३० पानी ट्याङ्करको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षकसहित सिंहदरबार, मालीगाउँ, नगर प्रहरी, ट्राफिक प्रहरी, विपद् व्यवस्थापन महाशाखाको टोलीसहित १२० प्रहरी परिचालन भएका थिए ।

यस्तै नेपाली सेनाबाट करिब १०० जना, सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरी गुल्म बाघ भैरवबाट करिब ६० सुरक्षाकर्मीसमेत परिचालित भएको जनाइएको छ । काठमाडौँ महानगरपालिकाबाट ३० नगर प्रहरी परिचालित भएका थिए ।

उक्त आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको र करोडौँको भौतिक सम्पत्ति क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि यकीन विवरण आइसकेको छैन । आगलागीका कारणसमेत नखुलेकाले अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ११ : ३२ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।