देश कसरी बिग्रियो ? | Khabarhub Khabarhub

ब्लग

देश कसरी बिग्रियो ?



सार्वजनिक गाडी । सायद तपाईँ यो नामसँग परिचित हुनुहुन्छ । तर, नाम लिन पनि चाहनुहुन्न । तपाईँले चाहेर पनि जीवनमा नपाउन चाहेको सबैभन्दा ठूलो सास्ती होला, सार्वजनिक गाडीको यात्रा । जुन शब्दमा कसरी व्यक्त गर्नू ? तर, पनि गर्नैपर्छ । आखिर काठमाडौँ खाल्डोको आधा दैनिकी त सार्वजनिक गाडीको यात्रामै जो बित्छ ।

त्यसमध्ये भनिएको, लेखिएको, देखिएको, सुनिएको र सुनाइएको सबैभन्दा चर्को माग आरक्षण सिटबारे केही लेख्न मन लाग्यो । जब तपाईं गाडी चढनु हुन्छ । स्पष्ट शब्दमा देख्नुहुन्छ, दुई वटा अशक्त सिट, दुई ओटा महिला सिट । अलि पर आँखा लगाउने हो भने दुई ओटा ज्येष्ठ नागरिक सिट लेखिएकै हुन्छ ।

तर, अक्षरस पालनाको लागि होइन । ती केवल लेख्नका लागि लेखिएका हुन् । अर्थात देखाउनका लागि लेखिएकै हुनुपर्छ। आजकाल मलाई यस्तै लाग्छ । यो भन्दा फरक भए पो लाग्नु र लेख्नू ।

महिला सिट लेखिएको सिटमा कस्तो महिला बस्ने भन्ने कुनै मापदण्ड सरकारले तोकेको छैन । तर महिलाकै मनलाग्दी मापदण्ड हरेक यात्रा गर्दा झेलेकी छु ।

महिला सिटमा १६ वर्षे युवतीको सवार हुन्छ । खास महिला एक डण्डी समातेर ठिंग । ५५ वर्षको महिला गाडी चढ्दा त्यो सिट खाली हुँदैन । बरु ठूला आँखाले कसैले भन्ला भनेर तिनै १६ वर्षीय युवतीको चनाखो अनुहार देखिन्छ । कसले बोल्नु ? किन बोल्नु ? सार्वजनिक गाडी बोल्नेका लागि हो र ? मनलाग्दी जो छ । तै चुप । मै चुप । चुपचाप ।

महिला सिटकै विपरित साइडमा हुन्छ, अशक्त सिट । यो पनि उमेर र अशक्तका लागि रिजर्भ सिट हो । तर, सार्वजनिक गाडीमा त्यो एकादेशको कथा हो । जो पहिला आयो, थ्याच्चै बस्यो । यही हो, नेपालमा रिजर्भको नेपाली भर्सन ।

कुनै गाडीमा अलि बुझ्ने जमातको बसोबास भए मात्र । त्यो बुढा र अशक्तले बस्ने सिटमा तन्नेरीको रजाई हुन्छ । त्यसमा पनि चुरोट तान्ने र छाडा बोल्नेको बोलवाला भएका हदम्याद नाघेकावालाहरुको बहुमत । कसले विरोध गर्नू ?

अनि गाडी चढेका हजुरबा भन्न सुहाउने वृद्ध वृद्धा गाडीमा तिरमिराएका आँखा लगाउँछन् ? उनीहरु कसले सिट छोड्दिन्छ र बसौला भनेका हुन्छन् । तर बालक र तन्नेरीले त्यो सिट छाड्दैनन् । बरु आफैँ वृद्ध भएको नक्कली प्रमाण बन्छन् ।

सार्वजनिक गाडीमा मानवता होइन । सिटमा बसेर महान बन्न खोज्ने सोच हावी भएको छ । अनि के तपाई भन्न सक्नुहुन्छ, काठमाडौंका सार्वजनिक यातायात सौहार्दपुर्ण वातावरणमा चलेका छन् ? उत्तर खोज्नै पर्दैन । यो देशमा प्रश्न त कसैले निष्पक्ष भएर सोध्दैन । उत्तरको झन् के आश गर्नू ?

यो त भयो सिटको भागबण्डा । नमिलेको कुरा यति मात्रै कहाँ हो र ? कुरा अझै बाँकी नै छ । गाडीवालाले पछाडी जानुस पछाडी जानुस ठाउँ छ भनेर कराउने आवाजले दिमाग रन्किसक्छ । कोरोनाको बढ्दो संक्रमणले त्यो गाडी भित्र रहदा कुनै असर गर्न सक्दैन ।

किनकी त्यहाँ मास्क होईन पसिना बगेर कोरोनाप्रतिरोधी बनेको हुन्छ । दुबैतिरको सिटको बिचमा रहेको कोलोनीमा दुई लाइन उभिएर यात्रा गर्नु पर्दा पीडा होइन, आनन्द मान्ने बानी मेरो मात्रै होइन, सबै नेपाल यातायात भुक्तभोगीको हो ।

आरक्षण सिट त केवल देखाउनको लागि राखिएको हो हात्तीको दाँत हो भन्छु । जसको निगरानी न ट्राफिक प्रहरीले गर्छ । न त व्यवसायी समिति र यात्रु समिति । गाडी खलासीको काम त त्यो आरक्षण सिटलाई देखाएर सरकारलाई गाली गर्नमै बित्छ । अर्थात यात्रुलाई थर्काउँदैमा । त्यसमाथि भाडा त उठाउनैपर्यो । त्यसमा पनि विद्यार्थी परिचयपत्रदेखि अरु परिचयपत्रलाई नक्कली भन्दै थर्काउँदै गरेर ।

सार्वजनिक यात्रा गर्ने निजी मान्छेका पीडा यति मात्रै छैनन् । सार्वजनिक गाडीमा हिड्दा यस्तो पोशाक लगाउने भन्ने कुनै मापदण्ड पनि हुदैन । हुने कुरा पनि भएन । नेपाल जस्तो देशमा ।

तपाईले पनि पक्कै महसुस गर्नु भएको छ होला । छोपिने भन्दा देखिने भाग धेरै हुन्छ । भर्खरका किशोराअवस्थामा लागेका युवतीको त झन् के कुरा गर्नू ?

हर्ट एण्ड सेक्सी देखिने होडबाजीमा उनीहरु नांगिन मात्रै बाँकी हुन्छ । यसलाई हामी स्वतन्त्रता भन्छौँ । शब्द जति गर्विलो छ । व्यवहार त्यति खर्चिलो र भड्किलो पनि छ ।

त्यसमाथि सार्वजनिक गाडीमा एक भाग शरीर ढाकेर दुई भाग देखाएकी युवती इंिग्लस शब्द सापटी लिएर भन्छिन्, ‘ओ हेल्लो, डन्ट टचमी ओके !

सबैको ध्यान त्यतै जान्छ । सवाल छुनुको होइन । शरीर छुनुको बन्छ । सार्वजनिक गाडीमा एकले अर्कोसँग नछोएरै यात्रा गर्न असम्भव छ ।

त्यसलाई संयमित बनाउने आफ्नो दायित्व हो । तर संयमित शब्दमा छ । व्यवहारमा संक्रमित हुनैपर्छ । कोरोना कालमा आफू मात्रै होइन, अरुलाई पनि बनाउनैपर्छ । बनाउने नाम हो, सार्वजनिक गाडी । निजी यात्रु ।

परिवर्तनको नामले अराजकता निम्त्याइरहेको महसुस सजिलै गर्न सक्छौँ । अराजक परिवर्तनले विकास होइन, विकृति मात्रै भित्र्याएको छ । अनि हामी भन्छौँ, देश किन बिग्रियो ?

हो, साच्ँचै देश बिगारेको नेताले मात्रै होइन, तपाई हामी जस्तै परिवर्तनको नाममा अराजक गतिविधि गर्नेले पनि हो । तपाई हामी जस्तै परिवर्तनको नाममा आफु नांगिने प्रवृत्तिले पनि हो ।

तपाई हामी जस्तै नेताको अन्धभतm भएर भोट हाल्ने प्रवृत्तिले पनि हो । राम्रोलाई राम्रो भन्न नसकेर हाम्रोलाई राम्रो भन्ने प्रवृत्तिले पनि देश बिग्रेको हो । जसले गर्दा देश बनाउने होइन, देश सिध्याउने व्यक्तिलाई सत्तामा पुर्याउँछौँ । त्यसको उपज पनि अहिले हामीले नै भोगिरहेका छौं ।

तर पनि भन्न सक्दैनौँ, परिवर्तनको नामले अराजकता निम्त्यायो । अराजकताले विकास होइन, विकृति भित्र्यायो ।

फेरि हामी नै भन्छौँ देश बिग्रियो !

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ७ : १३ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको

हिमालयन पावरले हकप्रद शेयर जारी गर्ने 

काठमाडौं– हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको

दार्चुला जिप दुर्घटना : मृतकको सङ्ख्या आठ पुग्यो

खलङ्गा– दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ

टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि

काठमाडौं– गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको

कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित  जलवायु परिवर्तनसम्बन्धी