संसद्‍मा प्रतिपक्षीलाई दमन गर्ने, नागरिकको मुद्दालाई बन्देज काम हुँदैन : रवि लामिछाने « Khabarhub

संसद्‍मा प्रतिपक्षीलाई दमन गर्ने, नागरिकको मुद्दालाई बन्देज काम हुँदैन : रवि लामिछाने


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले संसद्‍मा लोकतान्त्रिक प्रणालीलाई प्रहार हुने किसिमको व्यवहार नहुने बताएका छन् । 

शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले संसद्‍मा प्रतिपक्षीलाई दमन गर्ने, नागरिकको मुद्दाहरूलाई बन्देज गर्ने जस्ता लोकतान्त्रिक प्रणालीलाई प्रहार हुने किसिमको व्यवहार नहुने बताएका हुन् । 

संसदीय मर्यादा, संसदीय नियमावलीका अनुशासनको मापदण्डको पूर्णरुपमा पालना हुने उनको भनाइ छ । उनले रास्वपा उपसभापति डीपी अर्याले सभामुख भइसकेपछि पार्टीभन्दा पनि सदनप्रति उत्तरदायी हुने विश्वास व्यक्त गरे । 

सभापति लामिछानेले उपसभापतिका विषयमा भने अहिले कुनै पार्टीसँग छलफल नभएको जानकारी दिए । उनले न्याय पाउने पहिलो हक जेन-जी आन्दोलनका शहीद परिवारलाई रहेको भन्दै पछिल्लो घटनाक्रमलाई राजनीतिक प्रतिशोध भन्न नमिल्ने बताए । 

रास्वपा नेतृत्वको सरकारको गतिविधि पब्लिक अडिटमा रहेकाले सबै गतिविधिहरू पारदर्शी हुने उनको भनाइ छ ।  

उनले रास्वपालाई जनताले दिएको म्याण्डेड अनुसार नीतिगत रुपमा नै बोलेर भन्दा काम गरेर सुधारका अभिभाराहरूलाई पुरा गर्ने धारणा राखे । 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ३ : ०१ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष