सामुन्द्रिक टापु ताइवानको सुन्दरता [फोटोफिचर] « Khabarhub

विश्व पर्यटन

सामुन्द्रिक टापु ताइवानको सुन्दरता [फोटोफिचर]

जसलाई चीनले छेक्न सक्दैन, पर्यटकको मन रोक्न मान्दैन !


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : चीनले वर्षौदेखि अधिपत्य जमाइरहेको ताइवान एक स्वतन्त्र देशका रुपमा चिनिन चाहन्छ । यसका लागि उसले सबैथोक कोसिस पनि गरेको छ । तर चीन स्वशाषित परिधिबाट ताइवान उठ्न सकेको छैन ।

ताइवानमा सँधै स्वतन्त्रताको विषय उठिरहेपनि चीन त्यसलाई स्वीकार गर्न चाँहदैन । तर ताइवानका केही ठाउँ यति राम्रा छन्, जसलाई सुन्दर रहिरहन कहिल्यै स्वतन्त्रता चाँहिदैन । फेरिदो मौसम, समुन्द्री तट, हावापानी, बौद्ध धर्मावलम्बीको बहुमत र बहुसांस्कृतिक पक्षले ताइवान सँधै पर्यटकको नजरमा परिरहन्छ ।

तर सुरक्षित भने मानिदैन । चीनको सँधै दबदबा रहिरहने भएका कारण ताइवान चाहेर पनि आफ्नो देशमा पर्यटकलाई स्वतन्त्र रुपमा घुम्न दिन सकिरहेको छैन । यद्यपी ताइवान जो पर्यटक पुगेका छन् । उनीहरु मन भरि सन्तुष्टि र सुन्दरता बोकेर फर्किन्छन् ।

ताइवानका सुन्दर ठाउँहरुमा ताइपेई, सुनमुन ताल, तारोको राष्ट्रिय निकुञ्ज, तेइनान, लुकाङ लगायत छन् । प्राय विदेशी पर्यटक ताइवानका यी ठाउँ पुग्ने गर्छन् ।

यस्तै एलिशान, केन्टिङ, किनमेन आइसल्याण्ड, वुलाई, काउसुङ लगायतका छन् । यी क्षेत्रलाई ताइवानका चर्चित १० पर्यटकीय गन्तव्यका रुपमा पनि लिइन्छ ।

ताइवान फन्को लगाएपछि पर्यटकहरु सोध्ने पनि गर्छन्, ‘यति सुन्दर देशको विशाल छातीमा आखिर चीनको चेहरा किन देखिन्छ ?’ ताइवानका लाखौँ मानिसहरु एउटा सुन्दर टापुमा जसरी बाँचिरहेका छन् । त्यसरी नै स्वतन्त्रताका लागि संघर्ष पनि गरिरहेका छन् ।

उनीहरुको त्यो स्वतन्त्रताको आन्दोलन ताइवानको सुन्दरता बचाउन सक्षम र सफल रहन्छ वा रहँदैन, त्यो एकिन छैन । तर ताइवानले स्वतन्त्रता पाएको दिन समुन्द्रले घेरिएको टापुको देशमा अर्को सुन्दरता थपिने पक्का छ ।

(फोटो स्रोत : सीएनएन, प्यान्ड्रोट्रिप, टूरपिया, कल्चरट्रिप, ड्रिम्सटाइम डटकम)

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ८ : १८ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौं – नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका