‘नेपालगञ्जमा पानी पर्छ तर नरैनापुरमा पानी पर्दैन’ « Khabarhub

‘नेपालगञ्जमा पानी पर्छ तर नरैनापुरमा पानी पर्दैन’


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नरैनापुर गाउँपालिकाले आफ्नो क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गरेको छ । गाउँपालिकाको बैठकले पर्याप्त सिँचाइ व्यवस्था नभएको र पानी नपरेकाले धान रोपाइँ पनि हुन नसक्दा बाध्य भएर सुक्खा क्षेत्र घोषणा गर्नुपरेको  अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । उनले सो क्षेत्रमा डिप बोरिङको वैकल्पिक उपाय अपनाउन प्रदेश र संघीय स रकारलाई आग्रह गरेको उल्लेख गर्दै राहतको प्याकेजसमेत ल्याउन माग गरे । 

अध्यक्ष शाहले भने, ‘भगवान् पनि निष्ठुर हुनुभयो, नेपालगञ्जमा पानी पर्छ तर नरैनापुरमा पानी पर्दैन ।’  उनले केही ठाँउमा लगाएको धानबालीसमेत नष्ट भइसकेको उल्लेख गर्दै उक्त क्षेत्रमा पानी नपरेपछि खेतीयोग्य जमिन बाँझो रहेको र पानीको स्रोतहरु सुक्न थालेको बताए । ‘यस क्षेत्र त्यसै पनि गरिबीको चपेटामा छ, आकासे पानीको भर पर्दा यहाँको अवस्था दयनीय भएको छ’, अध्यक्ष शाहले भने , ‘खडेरीले गर्दा कृषिमा आश्रित बहुसङ्ख्यकको जीवन कष्टकर बन्दै गएकाले प्रदेश र सङ्घीय सरकारको ध्यान पुग्न आवश्यक छ ।’  नरैनापुरमा पानीको हाहाकार भएकाले गाउँपालिकालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए ।

गाउँपालिकाको उक्त बैठकले मालपोतमा ८० प्रतिशत कर छुट दिने निर्णयसमेत गरेको उनले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष शाहको अध्यक्षतामा बसेको आकस्मिक बैठकमा सिँचाइका लागि डिप बोरिङलयायत अन्य वैकल्पिक व्यवस्था, सहुलियतस्वरुप डिजलको व्यवस्था र  कृषि विस्तृतीकरणका  साथै  कृषि मिटर उपलब्ध गराई विद्युत् महसुल निःशुल्क गराउन प्राथमिकता दिइएको वडा नं ४ का   अध्यक्ष मनोज शर्माले बताए । जिल्लाको सो गाउँपालिकालाई दुर्गम गाउँपालिकाका रुपमा चिनिँदै आएको छ ।  

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १ : १९ बजे

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि