दिउसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

 दिउसो १ बजेसम्मका मुख्य १० समाचार


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. सबै मिटरब्याज पीडितहरूलाई उजुरी गर्न आग्रह

सरकारले देशभर रहेका सबै मिटरब्याज पीडितहरूलाई उजुरी गर्न आग्रह गरेको छ । सरकारले गठन गरेको ‘मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न गठित कार्यदल’ले एक एक सूचना जारी गर्दै एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको हो ।

कार्यदलका संयोजक रहेका गृहमन्त्रालयका सहसचिव डा. भिष्मकुमार भुसालद्धारा जारी सूचनामा मिटरब्याज पीडितलाई तथ्य प्रमाण सहित आगामी भदौ ५ गतेसम्म उजुरी गर्न आग्रह गर्दै सरकारले कार्यदल गठन गरेको एकघण्टा भित्रै काम प्रारम्भ गरेको जानकारी दिए । 

२. उम्मेदवार मनोनयनको पत्र पठाउने जिम्मा देउवालाई

नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुवै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयनको पत्र पठाउने जिम्मा सभापति देउवालाई दिएको हो ।

बैठकले प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवार सिफारिस गर्न आफ्ना मातहतका कमिटीलाई परिपत्र गर्ने निर्णय पनि गरेको छ ।

३. स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन नमिल्ने थापाको भनाई

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन्  । आज काठमाडौंमा भएको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बीमा दिए त्यो बीमा नै नरहने जिकिर गरेका हुन् ।

उनले स्वास्थ्य बीमाको पहुँच सबैमा पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम ल्याएको भन्दै स्वास्थ्य बीमा भनेको सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा भएको समेत बताए । महामन्त्री थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सके मात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने पनि उल्लेख गरे ।

४. माओवादी स्थायी समिति बैठकमा कार्यदल सदस्यको ब्रिफिङ

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा गठबन्धनबाट सिट बाँडफाँड गर्न गठित कार्यदलको सदस्य रहेका नेताहरूले ब्रिफिङ गरेका छन् ।

आज बिहान पार्टी कार्यालयमा बसेको बैठकमा सत्ता गठबन्धनबाट सिट बाँडफाँड गर्न गठित कार्यदलको समेत सदस्य रहेका नेताहरूले कार्यदलको बैठकमा भइरहेको छलफलको ब्रिफिङ गरेका हुन् । बैठकमा कांग्रेस, एकीकृत समाजवादी लगायतले प्रस्तुत गरेका धारणा पनि जानकारी गराइएको माओवादी नेताहरूले बताएका छन् ।

 ५. मधेश प्रदेशका ३९ स्थानीय तहले बजेट विवरण बुझाएनन्

आर्थिक वर्ष २०७९/८० का लागि मधेश प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेस गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेश प्रदेशमा कुल १३६ पालिका रहेकामा सो सङ्ख्यामा स्थानीय तहले बजेट विवरण पेस नगरेको पाइएको हो ।

मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये प्रदेश नं १ मा तीन, बागमतीमा चार, लुम्बिनीमा १०, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तह छन् । गण्डकी प्रदेशका सबै पालिकाले बजेट विवरण प्रविष्ट गरिसकेका छन् ।

६. गाईजात्रा: मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषमा सहर परिक्रमा 

गाईजात्राको अवसरमा  काठमाडौंको वसन्तपुरमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेष धारण गरी बाजागाजासहित सहर परिक्रमा गराइएको छ ।

गाईजात्राको अवसरमा  आज बिहानैदेखि  काठमाडौंको वसन्तपुरमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागाजासहित सहर परिक्रमा गरी मनाइएको हो ।

७. संयुक्त राष्ट्रसंघका १४० सहायताकर्मीको हत्या

गत वर्ष संयुक्त राष्ट्रसंघका १४० सहायताकर्मीको हत्या भएको पाइएको छ । राष्ट्रसंघीय निकायले सार्वजनिक गरेको विवरणमा यो संख्या अन्य अघिल्ला वर्षहरूको तुलनामा धेरै भएको उल्लेख गरेको हो ।  

सन् २०१३ पछिकै सबैभन्दा धेरै  २०२१ भएको अधिकारीहरूले जनाएका छन्। उनीहरूको हत्या सहायता प्रदान गर्ने कामकै सिलसिलामा भएको पनि प्रतिवेदनमा जनाएको छ ।  राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले प्रकाशित गरेको विज्ञप्तिमा अरु २०३ सहायताकर्मी घाइते भएको जनाइएको छ । 

८. उत्तर कोरियाले अनिवार्य मास्क लगाउनुपर्ने प्रावधान हटाइयो ।

उत्तर कोरियाले अनिवार्य मास्क लगाउनुपर्ने  प्रावधान हटाएको छ । कोभिड-१९ संक्रमणको दर कम भएसगैँ  सरकारले मास्क लगाउनुपर्ने प्रावधान हटाएको हो ।

यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङले कोभिडमाथि विजय हासिल गरेको घोषणा गरेका थिए । देशमा सिर्जना भएको जनस्वास्थ्य संकट पूर्णतया निस्क्रिय भएको प्योङयाङको आधिकारिक समाचार संस्था कोरिया सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ ।

९.डब्लु आईपीएल आगामी वर्षको मार्च महिनामा हुने

पहिलो संस्करणको महिला इन्डियन प्रिमियर लिग- डब्लुआईपीएल) आगामी वर्षको मार्च महिनामा हुने भएको छ । बीसीसीआईले महिला आईपीएलको लागि सोही समय उपलब्ध गराएको हो  ।

यस अघि आईपीएल जारी रहेको समयमा महिला टी–ट्वान्टी च्यालेन्जका नाममा तीन टिम रहेको प्रतियोगिता गरिदै आएकोमा आगामी वर्षबाट महिला आईपीएल सुरु हुँदैछ । प्रतियोगितामा कति टोली रहने निश्चित भइसकेको छैन ।  यसैबीच सिनियर महिला क्रिकेटको सिजन अक्टोबर ११ बाट सुरु हुने टी-ट्वान्टी च्याम्पियनसिप मार्फत सुरु हुनेछ ।

१०. प्रभाकर आज नेपाल आइपुग्ने 

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आइपुग्ने भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक प्रभाकर  आज   बेलुका नेपाल आइपुग्ने जनाएको हो ।  

क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेको जनाएको छ । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केहि साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १ : ३१ बजे

गाजा युद्धविराम वार्ताबारे कतारद्वारा ट्रम्पका प्रतिनिधिलाई जानकारी

दोहा – इजिप्ट र अमेरिकासँग मिलेर मध्यस्थता गरिरहेको गाजा युद्धविराम

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित तीन जना पक्राउ

 काठमाडौं – नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन

 आजका समाचार : सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको टिप्पणी, वामपन्थी शक्ति एकीकृत गर्ने प्रयास, लस एन्जलसमा कर्फ्यु  

राप्रपाको चियापनमा प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको

वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

‘भूमिहीनका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्छ’

जनकपुरधाम– सरकारसँग सुकुम्वासी समस्या समाधानका लागि ठोस योजना माग गरिएको