दुई करोडभन्दा बढीका उपकरण प्रयोगविहीन « Khabarhub

दुई करोडभन्दा बढीका उपकरण प्रयोगविहीन


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा खरिद गरिएको दुई करोड ५५ लाखभन्दा बढीको उपकरणहरू प्रयोगविहीन बनेको छ । उक्त अस्पतालमा विगत दुई वर्ष बढीदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, इको र आइसीयु सेटहरु प्रयोगविहीन भएर थन्किएको हो । दुई वर्षअघि कोभिड विशेष अस्पतालका रुपमा जलेश्वर अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि दुई करोड ५५ लाख ५२ हजारको लागतमा पाँच थान भेन्टिलेटर, थप शय्या, मोनिटर, इकोलगायत आइसियु सेटका उपकरण खरिद गरेर ५० शय्या बनाइएको थियो । 

 कोरोना महामारीकै बेलामा पनि भेन्टिलेटर र आइसीयु सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर उक्त अस्पतालले अढाई करोड बढीका ती उपकरणहरू प्रयोग गर्न नसकेकामा  विगत दुई वर्षदेखि नै ती सामग्रीहरू प्रयोगविहीन बनेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शतिश साहले दक्ष जनशक्तिको अभावमा कोरोना महामारीको बेलामा भेन्टिलेटर र आइसीयु सञ्चालन आएको थिएन तर  अहिले प्रदेश सरकारले ५० शय्या सञ्चालन गर्न अस्थायी दरबन्दी उपलब्ध गराएकाले चाँडै विशेषज्ञ चिकित्सकहरू भर्ना गरेर ती उपकरण पनि सञ्चालनमा ल्याउने तयारीमा रहेको  जानकारी दिए ।

स्थानीय बासिन्दाले त्यसबेला केही नेता र तीनका कार्यकर्ताहरूलाई कमिसन र कमाईका लागि ती उपकरणहरू किनिएको आरोप लगाए । उनीहरूले जनशक्ति नै थिएन भने ती उपकरणहरू किन किनियो ? भनी प्रश्न गरेका थिए  । 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  २ : १५ बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा