आयुर्वेद सेवा लिनेको संख्या बढ्दो « Khabarhub

आयुर्वेद सेवा लिनेको संख्या बढ्दो


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम पश्चिममा आयुर्वेद सेवा लिनेहरूको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा बर्सेनि आयुर्वेद उपचार पद्धतिबाट उपचार गराउनेहरूको सङ्ख्या बढ्दै गएकाले गत आर्थिक वर्षमा साढे १३ हजारले सेवा लिएका थिए । वर्षभरिमा गाउँघर क्लिनिक, ज्येष्ठ नागरिक सेवा, योग सेवा र क्षार सूत्र गरी सात हजार ७७ महिला र छ हजार पाँच सय ७७ पुरुष गरी जम्मा तेह्र हजार छ सय ३४ जनाले सेवा लिएको केन्द्रका चिकित्सक मानबहादुर ओलीले जानकारी दिए । सबै सेवाहरू निःशुल्क रुपमा प्रवाह भइरहेका छन् ।

जाँच, औषधि वितरण, ज्येष्ठ नागरिकको वृद्धि विकासमा सहयोग गर्ने औषधि तथा पोषिला खानेकुरा, पञ्चकर्मद्वारा विभिन्न समस्याको उपचारसहित ल्याब सेवा पनि केन्द्रबाट प्रवाह भइरहेको जानकारी दिँदै उहाँले जिल्लामा पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति नागरिकहरूको आकर्षण बढ्दै गएको बताए ।

निःशुल्क र भरपर्दो देखिएपछि आफूहरू आएको सेवा लिन आउनेहरुले बताउने गरेको चिकित्सक ओलीले जानकारी दिए । स्थानीय तहहरूमा पनि आयुर्वेद सेवा पुग्नु र बेलाबेलामा ठाउँठाउँमा शिविर सञ्चालन गर्नाले पनि सेवा लिनेहरूको सङ्ख्यामा वृद्धि भइरहेको बताइएको छ ।

आयुर्वेद सेवा केन्द्र मुसिकोट–१ खलङ्गाको कालिकास्थानबाट सञ्चालनमा छ भने जिल्लाका चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकामा नागरिक आरोग्य केन्द्रका नाममा आयुर्वेद सेवा प्रवाह भइरहेको छ । त्यस्तै मुसीकोट नगरपालिका–५ शेरिगाउँमा आयुर्वेद औषधालय सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ३ : ३१ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको