आयुर्वेद सेवा लिनेको संख्या बढ्दो « Khabarhub

आयुर्वेद सेवा लिनेको संख्या बढ्दो


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम पश्चिममा आयुर्वेद सेवा लिनेहरूको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा बर्सेनि आयुर्वेद उपचार पद्धतिबाट उपचार गराउनेहरूको सङ्ख्या बढ्दै गएकाले गत आर्थिक वर्षमा साढे १३ हजारले सेवा लिएका थिए । वर्षभरिमा गाउँघर क्लिनिक, ज्येष्ठ नागरिक सेवा, योग सेवा र क्षार सूत्र गरी सात हजार ७७ महिला र छ हजार पाँच सय ७७ पुरुष गरी जम्मा तेह्र हजार छ सय ३४ जनाले सेवा लिएको केन्द्रका चिकित्सक मानबहादुर ओलीले जानकारी दिए । सबै सेवाहरू निःशुल्क रुपमा प्रवाह भइरहेका छन् ।

जाँच, औषधि वितरण, ज्येष्ठ नागरिकको वृद्धि विकासमा सहयोग गर्ने औषधि तथा पोषिला खानेकुरा, पञ्चकर्मद्वारा विभिन्न समस्याको उपचारसहित ल्याब सेवा पनि केन्द्रबाट प्रवाह भइरहेको जानकारी दिँदै उहाँले जिल्लामा पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति नागरिकहरूको आकर्षण बढ्दै गएको बताए ।

निःशुल्क र भरपर्दो देखिएपछि आफूहरू आएको सेवा लिन आउनेहरुले बताउने गरेको चिकित्सक ओलीले जानकारी दिए । स्थानीय तहहरूमा पनि आयुर्वेद सेवा पुग्नु र बेलाबेलामा ठाउँठाउँमा शिविर सञ्चालन गर्नाले पनि सेवा लिनेहरूको सङ्ख्यामा वृद्धि भइरहेको बताइएको छ ।

आयुर्वेद सेवा केन्द्र मुसिकोट–१ खलङ्गाको कालिकास्थानबाट सञ्चालनमा छ भने जिल्लाका चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकामा नागरिक आरोग्य केन्द्रका नाममा आयुर्वेद सेवा प्रवाह भइरहेको छ । त्यस्तै मुसीकोट नगरपालिका–५ शेरिगाउँमा आयुर्वेद औषधालय सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ३ : ३१ बजे

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि