गोसाईकुण्डको गौरव, भरिभराउ पर्यटक [फोटोफिचर] « Khabarhub

आन्तरिक पर्यटन

गोसाईकुण्डको गौरव, भरिभराउ पर्यटक [फोटोफिचर]

साउने हरियालीमा जनैपूर्णिमाको मेला भर्नेको भीड


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली पर्यटन क्षेत्रको गौरवका रुपमा गोसाईकुण्ड मानिन्छ । रसुवाको उच्च हिमाली भेगमा पर्ने गोसाईकुण्डमा साउन महिनामा भने ठूलै मेला लाग्ने गर्छ । खासगरि जनैपूर्णिमामा जनै फेर्नका लागि गोसाईकुण्ड पुग्नेहरुको भीडले यतिबेला गोसाईकुण्ड आसपासका होटल भरिभराउ छन् ।

गोसाईकुण्ड एकदिनमै जान आउन नसकिने भएकाले साताव्यापी भ्रमण तालिका आवश्यक छ । जसले गर्दा गोसाईकुण्ड पुगेका पर्यटक हिड्न, रमाउन र आन्तरिक पर्यटनमा व्यस्त हुने गरेका छन् ।

रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा पर्ने गोसाईकुण्ड आफैँमा एक अलौकिक ठाउँ हो । रसुवामा मात्रै एक सय आठ वटा कुण्डहरु रहेको भनिन्छ । त्यसमध्ये गोसाईकुण्ड एउटा हो । गोसाईकुण्डकै छेउमा अर्को कुण्ड पनि छ ।

समुन्द्र सतहबाट ४ हजार ३ सय मीटर उचाईमा रहेको गोसाईकुण्ड आन्तरिक तथा बाह्य पर्यटकलाई लेक लाग्ने सम्भावा समेत रहन्छ ।

हिउँदमा हिउँ पर्ने, साउन महिनामा हरियाली हुने र बसन्त ऋतुमा निलो पानी देखिने गोसाईकुण्डको विशेषता हो ।

कसरी पुग्न सकिन्छ ?

काठमाडौँबाट गोसाईकुण्ड पुग्न पैदलै यात्रा र गाडीमा जान सकिने विकल्प छ । सुन्दरीजलबाट चिसापानी हुँदै केहीले पैदलै गोसाईकुण्डको यात्रा गर्छन । तर यो धेरै जटिल र सबैका लागि सम्भव विषय भने होइन ।

त्यसैले काठ्माण्डौबाट नुवाकोटको रानिपौवा, त्रिशुली, वेत्रावती, कालिकास्थान, राम्चे हुँदै रसुवाको सदरमुकाम धुन्चे पुग्न सकिन्छ । जुन काठमाडौँदेखि ११८ किलोमीटरको यात्रा हुन्छ ।

धुन्चे पुगेपछि गाडी त्यही रोक्नुपर्छ । अनि सुरु हुन्छ पैदल यात्रा । धुन्चेबाट हिँडेपछि चन्दन बारिको तेरपैलो हुँदै चोलाङपाटिको बाटो हिड्दा एक दिनमा गोसाईकुण्ड पुग्न सकिन्छ । पछिल्लो समय धादिङको नौबिसे, गल्छी हुँदै सदरमुकाम विदुरबाट पनि गोसाईकुण्ड जाने बढेका छन् ।

गोसाईकुण्ड जाँदा हिड्ने क्रममा अग्लो डाँडा चढ्नुपर्छ । अनि त्यहाँबाट ओरालो झर्दै तल खोँचमा पुगेपछि गोसाईकुण्ड देखिन्छ । जुन दृश्यमा मात्रै होइन, मनमा अविष्मरणीय भएर बस्छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने गोसाईकुण्ड यात्रा गर्दा होशियारी अपनाउनुपर्ने हुन्छ ।

(फोटो स्रोत : सुरज ढकालबाट)

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ३ : ५८ बजे

हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी

भोजपुर–  भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँच दिन बाँकी : एक हजार ६१ उजुरी फर्स्योट

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको

आज २०८२ साल फागुन १६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १६ गते शनिबार फागुन