‘रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको छु’ « Khabarhub

‘रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको छु’


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेशस्तरको खेलकुद प्रतियोगिता आयोजनाको लागि खेलकुद पूर्वाधार अभाव हुन नदिन प्रादेशिक खेलमैदानलाई स्तरोन्नति गर्दै रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको बताएका छन् ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र मन्त्री ढकालबीच शनिवार भक्तपुर नगरपालिकाको सभाकक्षमा भएको भेटवार्तामा मन्त्री ढकालले प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्यले विकासको नयाँ मोडल स्थापित गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे । भेटघाटमा भक्तपुरको खेलकुद क्षेत्रको विकास र खेलमैदान स्तरोन्नति गर्ने विषयमा पनि छलफल भएको भक्तपुर नगरपालिकाको जनाएको छ ।

भेटमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुरको महेश्वरी रंगशाला निर्माण र सहिद स्मृति खेलमैदान स्तरोन्नतिमा ध्यानाकर्षण गराए । मन्त्री ढकालले भक्तपुरमा महेश्वरी रंगशाला निर्माण र सहिदस्मृति खेलमैदानलाई कभर्ड हलको रुपमा विकास गर्न नगरपालिकासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले नियमित ६ वटा खेलको प्रशिक्षण, विद्यालयहरूमा पूर्णकालीन खेल प्रशिक्षकहरूको नियुक्तिका साथै अन्तरनगर खेलकुद र अन्तरविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै खेलकुदलाई नागरिकको जीवनको अभिन्न अंगको रुपमा विकास गर्ने प्रयास गरिरहेको बताए । उनले भक्तपुर नपाको ठाउँठाउँमा खेलकुद कभर्ड हलको निर्माणको क्रम जारी रहेको अवगत गराए ।

भेटघाटमा ख्वप कलेज अफ इन्जिनियरिङका ई। अमिल प्रजापतिले महेश्वरी खेलमैदान र सहिद स्मृति खेलमैदानको डिजाइन प्रस्तुतीकरण गरेका थिए । 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ४ : ४३ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४