जिल्ला प्रहरी कार्यालय लमजुङको परिसरभित्र बौद्ध चैत्य « Khabarhub

जिल्ला प्रहरी कार्यालय लमजुङको परिसरभित्र बौद्ध चैत्य


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्ला प्रहरी कार्यालय लमजुङको परिसरभित्र बौद्ध चैत्य निर्माण गरिएको छ ।

कार्यालयले स्थानीय तह र विभिन्न व्यक्तिहरूको सहयोगमा बौद्ध चैत्य निर्माण गरेको हो । प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार शान्तिको कामना गर्दै चैत्य निर्माण गरिएको हो ।

लमजुङमा गुरुङहरूको बाहुल्यता रहेको र उनीहरू बौद्ध धर्मावलम्बी रहेकाले उनीहरूलाई मध्यनजर गरी बनाइएको हो । लमजुङ र विश्व शान्तिका लागि उक्त बौद्ध चैत्य निर्माण गरेको बताए । चैत्यभित्र गौतम बुद्धको पाँच वटा पित्तलको मूर्ति राखिएको छ ।

उक्त चैत्य बनाउन क्व्होलासोंथर गाउँपालिकाले २ लाख रुपियाँ सहयोग गरेको छ । मर्स्याङ्दी गाउँपालिकाले १ लाख रुपियाँ सहयोग गरेको छ । डुम्रे–बेसीशहर–चामे सडक योजनाका प्रमुख, इन्जिनियर अच्युतविलास पन्तले ४ वटा पित्तलको मूर्ति सहयोग गरेका छन् ।

बेंसीशहर नगरपालिका ७ का निवर्तमान अध्यक्ष गोविन्द बस्नेतले बालुवा र गिट्टी सहयोग गरेका छन् । बेंसीशहर नगरपालिका ७ का अध्यक्ष ऋषिराम बस्नेतले बालुवा सहयोग गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ८ : ५० बजे

रास्वपाका सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन : कसलाई के भने ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन १३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६