‘शिक्षा सुधार्ने राजनीतिक नेतृत्वले हो, कर्मचारीले सक्दैन’ « Khabarhub

‘शिक्षा सुधार्ने राजनीतिक नेतृत्वले हो, कर्मचारीले सक्दैन’

‘स्थानीय तह र प्रदेश सरकारबाट पनि शिक्षामा सुधार देखिएन’



यो शिक्षा क्षेत्रमा पछिल्लो समय कहाँ बिग्रियो, भत्कियो भन्ने कुरालाई सबै मिडियाले पनि आफ्नो हेडलाइन बनाएको छ । तर राम्रो र विकास भएको कुरालाई चाहिँ भनेको छैन । त्यसैले यो धेरै कुराहरू आएका छन् । धेरै क्षेत्रका टेक्निकल प्राविधिक कुराहरूमा विशिष्ट रूपमा बाहिर आएका छैनन् ।

अहिले स्थानीय तहको कुरामा हेर्ने हो भने संघीयताको कार्यान्वयन पश्चात् स्थानीय सरकार बलियो भएको छ । अहिले तीन वटा नै सरकारले बाझिने खालका आफ्ना कार्यहरू ल्याएका छन् ।

जस्तो प्रदेश सरकारले जे ल्याएको छ । संघीय सरकारले पनि त्यही ल्याएको छ । स्थानीय सरकारले पनि त्यही दिएको छ । नयाँ सुधारहरू भएका छैनन् । कसले के गर्दा हुन्छ ? भन्ने मात्र भएको छ । यसले खासै सुधार ल्याउँदैन जस्तो मलाई लाग्छ ।

तर पनि स्थानीय तहमा धेरै सुधार भएको छ । शिक्षा ऐन नियमावली नीति नियम कार्य योजना बनेको छ । कक्षा एकदेखि ८ सम्म पाठ्यक्रम निर्माण गर्ने भनिएको छ ।

त्यसको लागि स्थानीय र शिक्षकहरू लागेको छन् । केन्द्रले बनाएको पाठ्यक्रममा धेरै सुधार भएका छन् । अगाडिका शिक्षकहरू हटेर गइसकेका छन् । प्रविधिले पनि उनीहरूलाई सहज गराएको छ । माथि प्रदेश सरकारले बनाएन भनेर बसेको छैन ।

प्रदेश सरकारलाई तालिमहरूको जिम्मा दिए पनि स्थानीयहरूले आफै तालिमहरू सञ्चालन गरेका छन् । संघीय सरकारले पनि गर्दै आएको छ । तर पनि कहिलेकाहीँ कुन क्षेत्रमा के गर्ने भन्ने अन्योल छ ।

यो वर्ष गएको पाठ्यक्रमलाई सबै ठाउँमा पुर्‍याएर हामीले त्यसका नकारात्मक पक्षहरू थाहा पाउँछौँ । यो पाठ्यक्रम निर्माण गर्दा देशका सम्पूर्ण विज्ञहरू बसेर बृहत् छलफल गरेर बनाइने काम गरेको छ ।

२० वटा विषयगत समितिहरूका ५ जना सदस्यहरू आउँदा पनि १२५ जना हुन्छन् । त्यसैले धेरैको सहभागिता र अनुभवका आधारमा बनाइएको छ ।

अहिले हामीले आधारभूत तहमा १ देखि ३ सम्म एन्टिग्रेटेड पाठ्यक्रमको योजनामा हामी गएका छौँ । ८ कक्षासम्म कुनै पनि शिक्षकले म यो विषयको मात्र हो भन्ने कुरा आउँदैन ।

न्यूनतम ज्ञान सीप जानेकै हुनुपर्दछ । त्यसैले यो परम्परागत शिक्षाको रूपमा नभएर सानो कक्षादेखि नै भारी बच्चालाई बोकाउनु हुँदैन भनेर बाल मनोविज्ञानलाई ध्यान पुर्‍याएर पाठ्यक्रमको निर्माण गरिएको छ । त्यसैले यो सुधारिएको अवस्थामा छ ।

शिक्षाको नेतृत्व गर्ने भनेको नै राजनीतिले हो । कर्मचारीले विधि र कार्यविधि अनुसार काम गर्ने गर्दछ । बिगार्ने काम गर्दैन । राजनीतिले लिड गरेर दिएपछि कर्मचारीले परिवर्तन गर्न सक्दैन । उसको तागत छैन ।

त्यसैले शिक्षामा साँच्चै सुधार ल्याउने हो भने आफ्नो कार्य विधितिर ध्यान दिने अनि मात्र सुधार हुन्छ । अरूको चासो गरेर हिँड्न हुँदैन ।

(खबरहबले आयोजा गरेको ‘संघीय शिक्षा ऐन र संघीयतामा शिक्षाको सुधार’ कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक बाबुराम ढुंगानाले राखेको धारणाको सम्पादित अंशःप्रस्तुति : पुष्पाञ्जली बस्नेत)

https://www.facebook.com/watch/?v=749342272833513

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ३ : ०२ बजे

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका

इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने, संसद्बाट पारित भयो प्रस्ताव

तेहरान- इरानको संसदले होर्मुज जलडमरूमध्य हुँदै गुज्रिने जहाजबाट टोल अर्थात्

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा

एमालेले रोपिदिएको कलहको बिउले राप्रपामा भाँडभैलो, बागमतीमा दुईतिर बाँडिए प्रदेश सभा सदस्य

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट