एएफसी यू-२० : कतारसँग नेपाल पराजित « Khabarhub

एएफसी यू-२० : कतारसँग नेपाल पराजित


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी यू-२० एसियन कप छनोटको समूह बीअन्तर्गत सोमबार राति सम्पन्न खेलमा नेपाल कतारसँग ३-१ गोलको नतिजामा पराजित भएको छ।

बहाराइनमा भएको खेलको ३०औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए। यस्तै, पहिलो हाफको इन्जुरी समयमा फ्रि-किकमार्फत गोल गर्दै मोहमद सुरागले कतारको अग्रता दोब्बर पारेका थिए। दोस्रो हाफमा सम्हालिने प्रयास गरेको नेपालले ६० औं मिनेटमा पुनः गोल खायो।

बलियो देखिएको एसियाली पावरहाउस कतारका लागि जासिमल मोहमदले तेस्रो गोल गरेका थिए। त्यसको १७ मिनेटपछि कतारकै डिफेन्डरले दिएको पासमा गोलकिपर अमिर हसनले गल्ती गर्दा नेपालले आत्मघाति गोल उपहार पायो।

पराजयसँगै नेपालको अर्को वर्ष उज्वेकिस्तानमा हुने प्रतियोगितामा छनोट हुने सम्भावना कमजोर बनेको छ। सोमबार नै भएको खेलमा बंगलादेशले भुटानमाथि २-१ को कठिन जित निकालेको थियो।

पहिलो खेलमा नेपाललाई पराजित गरेको भुटानको यो पहिलो हार थियो। यस्तै, पहिलो खेलमा घरेलु टिमलाई गोलरहित बराबरीमा रोक्न सफल बंगलादेशको भने यो नै पहिलो जित हो।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ७ : ३० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते