चिनियाँ सभामुख लीले आज प्रधानमन्त्रीसहित शीर्ष नेतासँग भेट गर्दै « Khabarhub

चिनियाँ सभामुख लीले आज प्रधानमन्त्रीसहित शीर्ष नेतासँग भेट गर्दै


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन दिने भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेतासँग भेट गर्दैछन्।

सोमबार नेपाल भ्रमणका आएका लीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश निमल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित शीर्ष नेतासँग भेटवार्ता गर्नेछन्।

नेता लीसँग राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले मंगलबार बिहान सवा ९ बजे संघीय संसद भवनमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। लीले संसद भवनमै बिहान १० बजे प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष ओलीसँग भेट गर्नेछन्।

पौने ११ बजे नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग भेट गर्ने कार्यसूची सार्वजनिक भएको छ। लीले केही समय संसद भवनमा अन्य सांसदसँग संवाद गर्ने कार्यक्रम छ।

मंगलबार दिउँसो ३ बजे सभामुख लीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्नेछन्। प्रधानमन्त्रीसँगको भेट अपरान्ह ४ बजे हुनेछ। बालुवाटारमा आधा घण्टा प्रधानमन्त्री देउवासँग वार्ता हुनेछ।

लीले यसअघि सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरिसकेका छन्। लीको स्वागतका लागि सभामुख सापकोटा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ८ : २४ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।