नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री  « Khabarhub

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोग (एनसिडी) को उपचार तथा त्यससँग सम्बन्धित समस्यामा खर्च भइरहेको बताएकी छन् ।

एनसीडी एलायन्स नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले अधिकांश नसर्ने रोगहरू रोकथाम गर्न सकिने भए पनि उपचारमा मात्र केन्द्रित हुँदा राज्यमा ठूलो आर्थिक भार थपिँदै गएको उल्लेख गरिन् । 

उनले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको वित्तीय असन्तुलनप्रति पनि ध्यानाकर्षण गराउँदै सरकारले बीमाका लागि १० अर्ब रुपैयाँ र थप १ अर्ब गरी जम्मा ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको भए पनि हालसम्म खर्च २४ अर्ब रुपैयाँ पुगेको जानकारी दिइन् ।

स्थानीय तहले निःशुल्क उपलब्ध गराउनुपर्ने आधारभूत स्वास्थ्य सेवामा समेत बीमाको रकम खर्च भइरहेको र जनताले निःशुल्क पाउनुपर्ने औषधिका लागि प्रिमियम तिर्नु परिरहेको अवस्थाले सरकारमाथि दोहोरो आर्थिक भार परेको मन्त्री गौतमको भनाइ छ । 

अर्थ मन्त्रालयले यति ठूलो रकमको भुक्तानी धान्न नसक्ने अवस्थामा पुगेकाले स्वास्थ्य बीमा प्रणालीको पुनरावलोकन आवश्यक रहेको उनले बताइन् ।

सहरी स्वास्थ्य सेवाका चुनौती औँल्याउँदै उनले ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधार विस्तार भए पनि सहरी क्षेत्रका विपन्न वर्गका लागि आधारभूत स्वास्थ्य सेवा अझै पहुँचबाहिर रहेको उल्लेख गरिन् । स्वास्थ्यकर्मीको वितरणमा देखिएको असमानता हटाउन मन्त्रालयले तथ्यांकका आधारमा न्यायोचित सरुवा तथा पदस्थापन गर्ने तयारी गरिरहेको पनि उनले स्पष्ट पारिन् ।

मन्त्री गौतमले नेपालमा धूम्रपान नियन्त्रण तथा नसर्ने रोग व्यवस्थापनका लागि प्रभावकारी नीति र कानुन भए पनि कार्यान्वयन पक्ष कमजोर रहेकाले त्यसमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । स्वास्थ्य जनशक्ति सुगम क्षेत्रमा मात्र केन्द्रित हुने प्रवृत्तिले सेवा प्रवाहमा समस्या आएको बताउँदै उनले अब इक्विटी (न्याय) का आधारमा स्वास्थ्यकर्मी परिचालन गरिने प्रतिबद्धता व्यक्त गरिन् । 

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागितामा सेवा प्रवाहमा हुने खर्च घटाउने र प्रभावकारिता बढाउने विषयमा छलफल गरिएको थियो ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ३ : ०७ बजे

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले

बालक हत्या गरेको आरोपमा एक जना पक्राउ

कैलाली – कैलालीमा दश वर्षीय बालक तनुज चौधरीको हत्या गरेको

चिनियाँ गाउँका कुनाकाप्चा पुग्दा जे देखियो (तस्बिरहरू)

पछिल्लो समय तीव्र विकासको गति पक्रिएका दुई छिमेकी चिनियाँ प्रान्त

टेरामक्स प्रकरणमा दिगम्बर झालाई एक वर्ष जेल सजाय, मोहन बस्नेतलाई सफाई

काठमाडौं- विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड