सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन « Khabarhub

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका लागि चार हजार ५०० जनाले आवेदन दिएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा निर्वाचन प्रहरीका लागि आवेदन परेका जानकारी दिए ।
    
प्रदेश प्रहरीका अनुसार कैलालीमा दुई हजार ९४ जना, कञ्चनपुरमा ८३४ तथा सबैसभन्दा कम डोटीमा १९० जनाले आवेदन दिएका छन् । 

आगामी माघ १ गतेसम्मका लागि आह्वान गरिएको निवेदन दर्ता आज पनि सुदूरपश्चिमभरिका जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका गण तथा गुल्ममा जारी छ । निर्वाचन प्रहरीमा भूतपूर्व सुरक्षाकर्मी, युवा, महिलाको सहभागिता बढिरहेको प्रहरी उपरीक्षक मिश्रले बताए। 
    
‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रीत सुरक्षा योजना तयारीमा प्रदेश प्रहरी कार्यालय जुटेको छ । प्रदेशस्तरीय कमाण्ड पोष्ट पनि स्थापनामा तयारी छ’, प्रहरी उपरीक्षक मिश्रले भने, ‘भयरहित वातावरणमा आसन्न निर्वाचन गराउन सुरक्षा संयन्त्रले आवश्यक गृहकार्य गरिरहेका छन् ।’

प्रदेश निर्वाचन कार्यालय धनगढीले सुदूरपश्चिमका नौ वटै जिल्लामा नयाँ थपिएका मतदातासमेत गरेर कूल १७ लाख १६ हजार ६६० मतदाता रहेका जनाएको छ । सुदूरपश्चिममा प्रतिनिधिसभाका लागि १६ वटा निर्वाचन क्षेत्र छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ३ : ०० बजे

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी