चान्सुको भ्रमणले आज उपत्यकाका यी सडक प्रभावित, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध « Khabarhub

चान्सुको भ्रमणले आज उपत्यकाका यी सडक प्रभावित, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सुको सवारीको कारण आज राजधानी काठमाडौँका विभिन्न सडक प्रभावित हुनेछन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान साढे ११ बजेको आसपासमा तीनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु कालीमाटी हुँदै सोल्टी होटेलसम्मको सवारी आवागमन  प्रभावित हुनेछ ।

दिउँसो साढे ३ बजे रविभवन सोल्टी होटेल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने कार्यालयले जनाएको छ ।

त्यस्तै दिउँसो साढे ४  बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन सोल्टी होटेल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुनेछ  ।

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ११ : १४ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको