मुख्यमन्त्रीलाई राउटे बालकको प्रश्न : अन्य बालबालिका जस्तै हामीले पढ्न किन पाउँदैनौँ ? « Khabarhub

मुख्यमन्त्रीलाई राउटे बालकको प्रश्न : अन्य बालबालिका जस्तै हामीले पढ्न किन पाउँदैनौँ ?



सुर्खेत– कर्णाली र सुदूरपश्चिम आसपासका जङ्गलहरूमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय समयको चक्रसँगै परिवर्तन हुँदै आएका छन् ।

कुनै समय थियो उनीहरू अन्य समुदायको नजिक पर्न रुचाउँदैनन् थिए । तर पछिल्लो समय आफ्ना समस्याबारे सरकारसँग कहिले प्रत्यक्ष रुपमा सहभागिता जनाएर त कहिले फोन मार्फत आफ्ना समस्या राखिरहेका हुन्छन् ।

उनै राउटे समुदायका बालबालिकाले पनि आफ्नो बालअधिकारको हकहितको लागि कर्णालीका मुख्यमन्त्रीलाई प्रश्न गरेका छन् । लोपोन्मुख राउटे समुदायका एक बालकले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग फोन मार्फत आफ्ना हकहित सम्बन्धी मुख्यमन्त्रीलाई पश्न गरेका थिए ।

दैलेखको भगवतीमाई गाउँपालिकाबाट फोनमार्फत जोडिएका राउटे बालक सुविन शाहीले ‘अन्य बालबालिका जस्तै हामीले पढ्न किन पाउँदैनौँ ?’, ‘सरकारले हाम्रा लागि पनि योजना किन ल्याउँदैन ?, ’ उनले भने ।

राउटे बालक सुविन शाहीको प्रश्नमा मुख्यमन्त्री शाहीले राउटे बालबालिका पढ्न चाहेको खण्डमा आफूहरू विद्यालयसमेत खोलिदिन तयार रहेको बताए । ‘राउटे समुदायका बालबालिका पढ्न नै चाहँदैनन्,’ उनले भने, ‘तपाईँहरू पढ्न तयार भएको खण्डमा हामी घर पनि बनाइदिन तयार छौँ तर मान्नुहुन्न ।’

मुख्यमन्त्री शाहीकै गृह जिल्ला हुम्लाका एक बालकले आफ्नो विद्यालयमा पुस्तक नपुग्दा पढ्न असहज भएको बताए । जवाफमा मुख्यमन्त्री शाहीले केही जिल्लामा विभिन्न कारणले पुस्तक उपलब्ध गराउन नसकेको स्वीकार गर्दै चाँडै नै पुस्तक उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सुर्खेतका सारिका प्रधान र दर्पण शाहीले निजी र सरकारी विद्यालयबीच सरकारले किन विभेद गरिरहेको भन्दै प्रश्न गरेका छन् । उनीहरूको प्रश्नमा मुख्यमन्त्री शाहीले निजी विद्यालयले निजीस्तरबाट विभिन्न सुविधासहित नाफामूलक ढंगले खोलिएका कारण सरकारले सामुदायिक भन्दा कम सुविधा दिने गरेको बताए ।

यस्तै, बालबालिकाले बालश्रम, बालविवाह, प्रदेशभरि स्वास्थ्य सेवा उपलब्धता, बलात्कारलगायत विषयमा पनि प्रश्न गरेका छन् । उनीहरूले राखेको जिज्ञासाबारे जवाफ दिँदै मुख्यमन्त्री शाहीले जनचेतनाको अभावका कारण कर्णालीमा बालविवाह न्यूनीकरण हुन नसकेको स्वीकारे गरे ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १ : २३ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि