मुख्यमन्त्रीलाई राउटे बालकको प्रश्न : अन्य बालबालिका जस्तै हामीले पढ्न किन पाउँदैनौँ ? | Khabarhub Khabarhub

मुख्यमन्त्रीलाई राउटे बालकको प्रश्न : अन्य बालबालिका जस्तै हामीले पढ्न किन पाउँदैनौँ ?



सुर्खेत– कर्णाली र सुदूरपश्चिम आसपासका जङ्गलहरूमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय समयको चक्रसँगै परिवर्तन हुँदै आएका छन् ।

कुनै समय थियो उनीहरू अन्य समुदायको नजिक पर्न रुचाउँदैनन् थिए । तर पछिल्लो समय आफ्ना समस्याबारे सरकारसँग कहिले प्रत्यक्ष रुपमा सहभागिता जनाएर त कहिले फोन मार्फत आफ्ना समस्या राखिरहेका हुन्छन् ।

उनै राउटे समुदायका बालबालिकाले पनि आफ्नो बालअधिकारको हकहितको लागि कर्णालीका मुख्यमन्त्रीलाई प्रश्न गरेका छन् । लोपोन्मुख राउटे समुदायका एक बालकले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग फोन मार्फत आफ्ना हकहित सम्बन्धी मुख्यमन्त्रीलाई पश्न गरेका थिए ।

दैलेखको भगवतीमाई गाउँपालिकाबाट फोनमार्फत जोडिएका राउटे बालक सुविन शाहीले ‘अन्य बालबालिका जस्तै हामीले पढ्न किन पाउँदैनौँ ?’, ‘सरकारले हाम्रा लागि पनि योजना किन ल्याउँदैन ?, ’ उनले भने ।

राउटे बालक सुविन शाहीको प्रश्नमा मुख्यमन्त्री शाहीले राउटे बालबालिका पढ्न चाहेको खण्डमा आफूहरू विद्यालयसमेत खोलिदिन तयार रहेको बताए । ‘राउटे समुदायका बालबालिका पढ्न नै चाहँदैनन्,’ उनले भने, ‘तपाईँहरू पढ्न तयार भएको खण्डमा हामी घर पनि बनाइदिन तयार छौँ तर मान्नुहुन्न ।’

मुख्यमन्त्री शाहीकै गृह जिल्ला हुम्लाका एक बालकले आफ्नो विद्यालयमा पुस्तक नपुग्दा पढ्न असहज भएको बताए । जवाफमा मुख्यमन्त्री शाहीले केही जिल्लामा विभिन्न कारणले पुस्तक उपलब्ध गराउन नसकेको स्वीकार गर्दै चाँडै नै पुस्तक उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सुर्खेतका सारिका प्रधान र दर्पण शाहीले निजी र सरकारी विद्यालयबीच सरकारले किन विभेद गरिरहेको भन्दै प्रश्न गरेका छन् । उनीहरूको प्रश्नमा मुख्यमन्त्री शाहीले निजी विद्यालयले निजीस्तरबाट विभिन्न सुविधासहित नाफामूलक ढंगले खोलिएका कारण सरकारले सामुदायिक भन्दा कम सुविधा दिने गरेको बताए ।

यस्तै, बालबालिकाले बालश्रम, बालविवाह, प्रदेशभरि स्वास्थ्य सेवा उपलब्धता, बलात्कारलगायत विषयमा पनि प्रश्न गरेका छन् । उनीहरूले राखेको जिज्ञासाबारे जवाफ दिँदै मुख्यमन्त्री शाहीले जनचेतनाको अभावका कारण कर्णालीमा बालविवाह न्यूनीकरण हुन नसकेको स्वीकारे गरे ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १ : २३ बजे

चैते धान बिक्री नहुँदा किसान चिन्तित 

कैलाली– कैलालीको भजनी नगरपालिका– ३ का सन्तलाल चौधरी चैते धान

इङ्गल्यान्डको नाटकीय पारी: ६ डक आउट, भारतविरुद्ध तीन सय रनको साझेदारी

लन्डन – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा २४४ रनको अग्रता लिएको

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक मामिला

आज ‘नेशनल म्युजिक अवार्ड’, यी कलाकारको हुनेछ लाइभ प्रस्तुती

काठमाडौं – रेडियो कान्तिपुरले शनिबार यस संस्करणको ‘नेशनल म्युजिक अवार्ड’

बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी

काठमाडौं – गर्मी मौसम तथा वर्षायाममा देखिने डेंगी केही वर्षयता