डा. केसीले २० औँ पटक अनसन बस्न पर्नु लज्जाको विषय : डा. बाबुराम भट्टराई  « Khabarhub

डा. केसीले २० औँ पटक अनसन बस्न पर्नु लज्जाको विषय : डा. बाबुराम भट्टराई 


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै २० औँ पटक अनसन बस्नु सबैको लागि लज्जाको विषय भएको बताएका छन् ।

डा.केसीले २० औँ अनसन सुरु गरेको भोलिपल्ट मंगलबार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले उक्त कुरा बताएका हुन् ।

‘सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा. केसीले २० औँ पटक अनसनमा बस्न पर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो,’ डा. भट्टराईले ट्वीटरमा लेखेका छन् ।

आफ्ना माग र आफूसँग गरिएका सहमति कार्यान्वयनको माग राख्दै डा. केसीले सोमबार धनगढीमा गई २०औँ अनसन सुरु गरेका हुन् ।

‘त्यहाँ विकृति विसंगति छ भन्ने हामी सबैले स्विकार्ने तर नसुधार्ने किन ? कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा सञ्चालन नगर्ने किन ? वेलैमा सोचौँ,’ डा. भट्टराईले भनेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १ : ३५ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन