‘भ्रष्टाचार र अनियमितताको विरुद्धमा पार्टी क्रियाशील छ’ « Khabarhub

‘भ्रष्टाचार र अनियमितताको विरुद्धमा पार्टी क्रियाशील छ’


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पर्वत – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका गलत क्रियाकलापले नै मुलुक समस्यामा पर्दै गएको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेलामा उनले भ्रष्टाचार र अनियमितता मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गरे । 

उनले आगामी मङ्सिर ४ गतेको निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह गरे । मुलुकको समृद्धि र विकासको स्पष्ट खाकासहित भ्रष्टाचार र अनियमितताको विरुद्धमा आफ्नो पार्टी निरन्तर क्रियाशील रहेको उनको भनाइ थियो ।

अध्यक्ष लिङ्देनले यसअघि पर्वतको मोदी गाउँपालिकामा राप्रपाको पालिकास्तरीय कार्यालयको उद्घाटनसमेत गरेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  २ : ०७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले