रामचन्द्र पौडेलले दमौलीवासीसँग मागे माफी  « Khabarhub

रामचन्द्र पौडेलले दमौलीवासीसँग मागे माफी 


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दमौलीवासीसँग माफी मागेका छन् । गत साता दमौलीमा आयोजित कार्यक्रममा पानीको समस्याबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने भन्दै उनले माफी मागेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मागी गर्दै नेता पौडेलले लेखेका छन् :

गत साता दमौली कार्यक्रममा मैले दमौलीमा मादी नदीको पानी समेतलाई प्रशोधन गरेर वितरण गर्ने आयोजना सञ्चालन हुँदा पानीको समस्या समाधान भएको कुरा गरेको थिएँ ।

त्यसअघि गुणादी लगायत अन्य स्रोतबाट ल्याइएको पानीले मात्र वितरणमा समस्या (अपुग) थियो । दमौली आसपास पानीको मूलबाट चुन ढुङ्गा मिश्रित पानी वितरणमा जोडिने गरेको हो । प्रशोधन संयन्त्र र क्षमता नहुँदा चुन्या पानी वितरण हुने गरेकोमा अब प्रशोधन क्षमतामा वृद्धि भएको अवस्थामा त्यो पनि समस्या रहेको छैन र दमौलीवासीले शुद्ध पानी पाइरहेका छन् ।

मेरो भनाइलाई विभिन्न माध्यमबाट विभिन्न तर्कसहितका व्याख्यासहित प्रेसित हुँदा गुणादीवासीको भावनामा ठेस पुगेकोमा म क्षमा प्रार्थी छु ।
विकासको क्रममा सकारात्मक ऊर्जा र सकारात्मक प्रगति हासिल गर्नुपर्ने छ र जनतालाई सेवा पुग्नुपर्ने हुन्छ । जनताको स्वास्थ्य र जनताको हित विपरीत कुनै काम गर्नु राम्रो हैन र त्यसतर्फ सबैको ध्यान जाओस् ।

गुणादीका दाजुभाइ र दमौलीका दाजुभाइ एक आपसका परिपूरक हुन्  र एक अर्काले धेरै पहिले देखी सहयोग आदान प्रदान गर्दै आएका छन् । मेरो अभिव्यक्तिलाई नै लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन । एक आपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रहसमेत गर्दछु ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ३ : १० बजे

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्