परराष्ट्रमन्त्री खड्का र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबीच भेटवार्ता  « Khabarhub

परराष्ट्रमन्त्री खड्का र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबीच भेटवार्ता 


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ । भेटवार्तामा द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाको निमन्त्रणामा नेपालको चार दिने भ्रमणको सिलसिलामा ली सोमबार काठमाडौं आएका हुन् ।

उनले मंगलबार नै सभामुख सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए ।

चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले आज नै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरिसकेका छन् ।

उनले आज नै प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ४ : २३ बजे

‘गोबर गणेश’ प्रचारमा ‘बल्छी’ : अग्रज कलाकार भेटेर आर्शीवाद

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू लेखन,

अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा अब पुरानै ढंगले

शान र सलिनाको गीत ‘संगी’मा पल र सजिनाको रोमान्स

काठमाडौंं – गायक शान भुसाल र गायिका सलिना बिकको स्वरमा

गगन–विश्वको प्रशंसा, देउवाको खोजी

काठमाडौं- भदै २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस पार्टी