रानीले लाउने पहिरन लगाएर प्रदर्शनमा सहभागी हुने अभियन्तालाई थाइल्याण्डमा दुई वर्षको जेल « Khabarhub

रानीले लाउने पहिरन लगाएर प्रदर्शनमा सहभागी हुने अभियन्तालाई थाइल्याण्डमा दुई वर्षको जेल


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रानीले लाउने पहिरन लगाएको भन्दै थाइल्याण्डमा एकजना अभियन्तालाई दुई वर्षको जेल सजाय सुनाइएको छ ।

सन् २०२० मा थाइल्याण्डमा भएको प्रदर्शनका क्रममा थाई रानीले लगाउने गुलाबी रंगको पहिरन लगाएको भन्दै २५ वर्षे अभियन्ता जातुपोर्न ‘न्यू’ साएउएङलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको हो ।

उनीमाथि सन् २०२० मा राजधानी बैंककमा आयोजित प्रदर्शनका क्रममा रानीले लगाउने पहिरन लगाएको आरोप लागेको थियो ।

यद्यपि उनले यस्तो आरोपको खण्डन गरेकी छिन् । उनले आफूले परम्परागत थाई पहिरन मात्रै लगाएको उनको भनाइ छ । थाइल्याण्डमा राजा, राजपरिवार एवम् राजसंस्थाको आलोचना गर्नेमाथि कठोर सजायको प्रावधान रहेको छ ।

सन् २०१९ मा राजा महा वजिरलङ्कोर्नले थाई शासन सम्हालेयता अभियन्ताहरुलाई चुप लगाउन यस्तो कानूनको प्रयोग हुँदै आएको बताइएको छ ।

सन् २०२० को नोभेम्बर महिनायता २१० जना अभियन्ता एवम् प्रदर्शनकारीहरु यस्तो कानूनअनुसार कारवाहीमा परेको बीबीसीले जनाएको छ ।

रानीले लगाएजस्तो पहिरन लगाउने अभियन्तालाई जेल सजाय सुनाउने अदालतको फैसलाप्रति थाई मानव अधिकारवादीहरुले चर्को आलोचना गरेका छन् । यसअघि अदालतले उनलाई तीन वर्ष सजाय सुनाएकोमा पछि दुई वर्षमा घटाएको बीबीसीले जनाएको छ ।

सन् २०२० को प्रदर्शनमा उनी गुलाबी रंगको परम्परागत पहिरनमा सहभागी भएकी थिइन्, जहाँ उनी रातो कार्पेटमा हिँडेकी थिइन् भने कसैले उनको टाउकोमाथि छाता ओढाएको थियो ।

थाई रानी सुथिदा पनि प्रायः औपचारिक कार्यक्रमहरुमा रेशम कपडाबाट बनेको यस्तै पहिरनमा उपस्थित हुने गरेकी छिन् । यस्ता औपचारिक कार्यक्रमहरुमा पनि रानीको टाउकोमाथि छाता ओढाइने गरिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ४ : ३७ बजे

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय

प्रश्नपत्र ‘लिक’ प्रकरणमा पक्राउ परे कैलालीका सन्दीप सिंह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा

गोरखाको नारीघाटमा महिलाको शव फेला

गोरखा । गोरखा नगरपालिका–१४ स्थित नारीघाटमा एक महिलाको बेवारिसे शव

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित

पर्सा – चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा यहाँस्थित नारायणी अस्पतालको