मोदीले पुटिनलाई उज्बेकिस्तानमा भेट्ने « Khabarhub

मोदीले पुटिनलाई उज्बेकिस्तानमा भेट्ने


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उज्बेकिस्तानको समरकन्द सहरमा अयोजना हुन लागेको साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने भएका छन् ।

सोही शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पुटिनसँगै प्रधानमन्त्री मोदीले उज्बेक राष्ट्रपति शावकत मिर्जियोयेभसँग पनि द्विपक्षीय बैठक गर्ने सम्भावना रहेको स्रोतलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्बेक राष्ट्रपति शावकत मिर्जियोयेभसँग प्रधानमन्त्री मोदीको द्विपक्षीय भेट लगभग तय भइसकेको जनाइएको छ ।

ती भेटहरू समरकन्दमा एससीओ शिखर सम्मेलनको क्रममा हुने स्रोतले एएनआईलाई बताएको छ । युक्रेनमा जारी सङ्कट सुरु भएयता रुसी राष्ट्रपति र मोदीबीचको यो पहिलो भेटवार्ता हुन लागेको हो ।

युक्रेनमा रुसी आक्रमण सुरु भएयता दुई नेताबीच फोनवार्ता भने भएको थियो । सेप्टेम्बर १४ बाट उज्बेकिस्तानको समरकन्दमा सुरु हुने शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले अन्य द्विपक्षीय भेटघाट पनि गर्ने समाचारमा जनाइएको छ ।

रुसी राष्ट्रपति पुटिनले मोदीका साथै चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग पनि एससीओ शिखर सम्मेलनका क्रममा भेट गर्ने सम्भावना छ ।

उज्बेकिस्तानका लागि भारतीय राजदूत मनिष प्रभातले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी शिखर सम्मेलनमा सहभागी हुने र धेरै नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने बताएका थिए ।

कोभिड महामारीका कारण दुई वर्षपछि एससीओ सदस्य राष्ट्रका नेताहरुको बैठक बस्न लागेको हो । केही द्विपक्षीय बैठकहरू एससीओको क्रममा हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ४ : ५४ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप