मोदीले पुटिनलाई उज्बेकिस्तानमा भेट्ने | Khabarhub Khabarhub

मोदीले पुटिनलाई उज्बेकिस्तानमा भेट्ने


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उज्बेकिस्तानको समरकन्द सहरमा अयोजना हुन लागेको साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने भएका छन् ।

सोही शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पुटिनसँगै प्रधानमन्त्री मोदीले उज्बेक राष्ट्रपति शावकत मिर्जियोयेभसँग पनि द्विपक्षीय बैठक गर्ने सम्भावना रहेको स्रोतलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्बेक राष्ट्रपति शावकत मिर्जियोयेभसँग प्रधानमन्त्री मोदीको द्विपक्षीय भेट लगभग तय भइसकेको जनाइएको छ ।

ती भेटहरू समरकन्दमा एससीओ शिखर सम्मेलनको क्रममा हुने स्रोतले एएनआईलाई बताएको छ । युक्रेनमा जारी सङ्कट सुरु भएयता रुसी राष्ट्रपति र मोदीबीचको यो पहिलो भेटवार्ता हुन लागेको हो ।

युक्रेनमा रुसी आक्रमण सुरु भएयता दुई नेताबीच फोनवार्ता भने भएको थियो । सेप्टेम्बर १४ बाट उज्बेकिस्तानको समरकन्दमा सुरु हुने शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले अन्य द्विपक्षीय भेटघाट पनि गर्ने समाचारमा जनाइएको छ ।

रुसी राष्ट्रपति पुटिनले मोदीका साथै चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग पनि एससीओ शिखर सम्मेलनका क्रममा भेट गर्ने सम्भावना छ ।

उज्बेकिस्तानका लागि भारतीय राजदूत मनिष प्रभातले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी शिखर सम्मेलनमा सहभागी हुने र धेरै नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने बताएका थिए ।

कोभिड महामारीका कारण दुई वर्षपछि एससीओ सदस्य राष्ट्रका नेताहरुको बैठक बस्न लागेको हो । केही द्विपक्षीय बैठकहरू एससीओको क्रममा हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ४ : ५४ बजे

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सामाजिक बन्धनबाट मुक्त हुने ‘थच्याङ’ हिमाली संस्कृति

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र– ३ ताङ्वेमा बसोबास गर्ने ताङ्वे गुरुङ

इजरायलबाट एकै दिन यमन, लेबनान र सिरिया र गाजामा आक्रमण

इजरायल – इजरायलले एकै दिन यमन, लेबनान, सिरिया र गाजामा

युक्रेनको ड्रोन आक्रमणपछि मस्कोका विमानस्थल बन्द

काठमाडौं – युक्रेनले लगातार दोस्रो रात पनि ड्रोन आक्रमण गरेपछि

गाजा नियन्त्रण गर्ने प्रस्ताव इजरायलको क्याबिनेटबाट पारित

इजरायल – इजरायलको रक्षा मन्त्रालयले गाजालाई पूर्ण नियन्त्रणमा लिनुका साथै