विद्युत् सेवा विस्तार नहुँदा अन्धकारमय गाउँ « Khabarhub

विद्युत् सेवा विस्तार नहुँदा अन्धकारमय गाउँ


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोला गाउँमा अहिलेसम्म विद्युत् सेवा विस्तार हुन सकेको छैन । विद्युत् नभएका कारण यहाँका ४५ घर परिवार वर्षौँदेखि राति समयमा अन्धकारमा बस्न बाध्य छन् । 

चोरखोला गाउँमा पूर्वपश्चिम राजमार्ग विस्तार गर्दा विसं २०२८ मा गाउँ बसेको हो । गाउँ बसेको ५० वर्षभन्दा बढी बिते पनि अझैसम्म विद्युत् सेवा पुग्न नसकेको स्थानीय एम वि सेन्चुरीले बताए। वनकासवासा र धानखोलामा विद्युत् नहुँदा त्यहाँका बासिन्दालाई निकै कठिनाइ भोग्नुपरेको धानखोलाका समाजसेवी दिनेश पुनले बताए ।

वनकसबासा देखि आठ किलोमिटर र धानखोलादेखि सात किलोमिटरको दूरी मात्र रहेपनि सम्बन्धित निकायले विद्युत् लाइन विस्तारको लागि खासै चासो नदिएको समाजसेवी दिनेश पुनले बताए । 

स्थानीय धर्मवीर मगर विद्युत् सेवा नहुँदा सञ्चार सम्पर्कबाट पनि बिच्छेद हुने गरेको बताउँछन् । शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले त्यस क्षेत्रमा विद्युत् सेवा विस्तारका लागि नेपाल विद्युत् प्राधिकरण कृष्णनगरसंग समन्वय गरिरहेको बताए । अहिले बर्खाको समय भएकाले काम सुरु हुन समस्या हुँदा असोजदेखि विद्युत् विस्तारको काम सुरु हुने उनले बताए। 

नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण शाखा प्रमुख कमर आलम खाँले अब केही महिनाभित्रै चोरखोलामा विद्युत् विस्तार गरिने बताए । टेन्डर प्रक्रियाअघि बढेकाले अब विद्युत् विस्तारको काम सुरु गर्ने शाखा प्रमुख खाँले जानकारी दिए । 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ५ : १० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले