सुन लुटपाटमा संलग्न व्यक्ति पक्राउ « Khabarhub

सुन लुटपाटमा संलग्न व्यक्ति पक्राउ


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर र काभ्रेका विभिन्न स्थानमा विगत लामो समयदेखि सुनका गरगहना लगाएका व्यक्तिलाई पिछा गर्दै एकान्तमा पारी लुटपाट गर्दै आइरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको दुई वटा मोटरसाइकलसहित प्रहरी वृत्त ठिमी र प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

पक्राउ भएकाहरूमाथि थप अनुसन्धान गरिरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए । साथै लुटिएको सुनको स्वरूप परिवर्तन गर्ने थप दुई जनालाई लुटिएको करिब दुई तोला सुनसहित चाबहिल काठमाडौंबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लुटपाट गिरोहमा संलग्न अन्य व्यक्तिको खोजतलास जारी रहेको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका ९ का बुद्ध तामाङ रहेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ७ का २३ वर्षीय विशालका राई, सिन्धुली मरिन गाउँपालिका ५ का २० वर्षीय आर्यन माझी, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका २१ वर्षीय ३ का सुदीप भण्डारी रहेका छन् । 

सुन गाल्ने मोरङ शनिश्वरे नगरपालिका ८ का ४० वर्षीय चन्द्रबहादुर बिक र सुन किन्ने भारत महाराष्ट्र सिङ्ली घर भई हाल काठमाडौं महानगरपालिका ७ बस्ने ३५ वर्षीय अमोल भोसले रहेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ६ : ३० बजे

पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न

काठमाडौं– ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा स्थानीय पालिकाहरूमा चित्रकला कार्यशाला एवं

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ– घोराही उपमहानगरपालिका– १३ स्थित बाह्रकुने दहमा पछिल्लो समय आन्तरिक

दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ

सिरहा–  जेन-जी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

दमौली– सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा