जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११२ वर्षको उमेरमा निधन « Khabarhub

जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११२ वर्षको उमेरमा निधन


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानका सबैभन्दा ज्येष्ठ नागरिक मिकिजो उएडाको निधन भएको छ । उनको ११२ वर्षको उमेरमा नारा शहरमा निधन भएको स्थानीय सरकारले मङ्गलबार जनाएको छ ।

उनको जन्म सन् १९१० मे महिनामा भएको थियो । उनको निधन भएपछि स्वास्थ्य मन्त्रालयले यसै साता देशकै वृद्धहरूमध्येबाट अर्को सबैभन्दा जेष्ठ नागरिक घोषणा गर्ने तयारी गरेको छ।

गिनिज वल्र्ड रेकर्ड्सले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता पाएकी ११९ वर्षीया जापानी महिला केन तानाकाको यस वर्षको अप्रिल १९ मा फुकुओका प्रिफेक्चरमा निधन भएको थियो ।

उनको मृत्युसँगै जापानको सबैभन्दा वृद्ध व्यक्ति अब ओसाका प्रिफेक्चरमा बस्ने ११५ वर्षीया महिला फुसा तात्सुमी बनेकी छिन् ।

जापानका जिरोमोन किमुरा, गिनिज वल्र्ड रेकर्ड्स द्वारा प्रमाणित सबैभन्दा लामो समय बाँचेका पुरुष थिए । उनको ११६ वर्ष र ५४ दिनको उमेरमा जुन २०१३ मा निधन भएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ६ : ५९ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप