जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११२ वर्षको उमेरमा निधन « Khabarhub

जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११२ वर्षको उमेरमा निधन


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानका सबैभन्दा ज्येष्ठ नागरिक मिकिजो उएडाको निधन भएको छ । उनको ११२ वर्षको उमेरमा नारा शहरमा निधन भएको स्थानीय सरकारले मङ्गलबार जनाएको छ ।

उनको जन्म सन् १९१० मे महिनामा भएको थियो । उनको निधन भएपछि स्वास्थ्य मन्त्रालयले यसै साता देशकै वृद्धहरूमध्येबाट अर्को सबैभन्दा जेष्ठ नागरिक घोषणा गर्ने तयारी गरेको छ।

गिनिज वल्र्ड रेकर्ड्सले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता पाएकी ११९ वर्षीया जापानी महिला केन तानाकाको यस वर्षको अप्रिल १९ मा फुकुओका प्रिफेक्चरमा निधन भएको थियो ।

उनको मृत्युसँगै जापानको सबैभन्दा वृद्ध व्यक्ति अब ओसाका प्रिफेक्चरमा बस्ने ११५ वर्षीया महिला फुसा तात्सुमी बनेकी छिन् ।

जापानका जिरोमोन किमुरा, गिनिज वल्र्ड रेकर्ड्स द्वारा प्रमाणित सबैभन्दा लामो समय बाँचेका पुरुष थिए । उनको ११६ वर्ष र ५४ दिनको उमेरमा जुन २०१३ मा निधन भएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ६ : ५९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको