अमेरिकामा मंकीपक्स संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु « Khabarhub

अमेरिकामा मंकीपक्स संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा मंकीपक्स संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । मंकीपक्स संक्रमणबाट एक जनाको मृत्यु भएको क्यालिफोर्निया राज्यको लस एन्जलस काउन्टी जनस्वास्थ्य विभागले पुष्टि गरेको छ ।

पीडितको मृत्यु मंकीपक्स संक्रमणबाट भएको अमेरिकी रोग नियन्त्रण तथा उन्मुलन केन्द्रले पनि पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विरामीलाई अस्पतालमा उपचार गरिएको भएपनि उनको प्रतिरोध क्षमता कमजोर रहेको जनाइएको छ ।

उनको मृत्युबारे अन्य कुनै जानकारी सार्वजनिक नगरिने अधिकारीहरूले जनाएका छन । लस एन्जलस काउन्टी अफ पब्लिक हेल्थ विभागले पोस्टमार्टम रिपोर्टबाट मृत्युको पुष्टि भएको जनाएको छ ।

अमेरिकामा मंकीपक्सका कारण कसैको मृत्यु भएको यो पहिलो घटना रहेको अमेरिकी टेलिभिजन सीएनएनको अनलाइन संस्करणले जनाएको छ ।

यो वर्ष अमेरिकामा सम्भावित र पुष्टि भएकासहित लगभग २२ हजार मंकीपक्सका घटनाहरू रेकर्ड भएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ७ : ३९ बजे

रुपन्देहीमा निर्वाचनको तयारी पूरा

लुम्बिनी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ  । गत

मध्यपूर्व तनाव : त्रिभुवन विमानस्थल आइतबार पनि अस्तव्यस्त

काठमाडौं– मध्यपूर्वका देशमा बढेको तनावको असर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि

चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए, २१ ले खोले

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता गराएका मध्ये २१ जनाले

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ– प्रतिनिधिसभा सदस्य चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन