नगरपालिकाको निर्णयप्रति पाँचदलीय गठबन्धनको ध्यानाकर्षण « Khabarhub

नगरपालिकाको निर्णयप्रति पाँचदलीय गठबन्धनको ध्यानाकर्षण


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा –  कालोसूचीमा पर्न लागेको कम्पनीलाई जोगाउन झापाको विर्तामोड नगरपालिकाले नीतिगत भ्रष्टाचार गरी निजी कम्पनीलाई बजेट छुट्याएको भनी आरोप लाउँदै पाँच दलीय गठबन्धनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापनका लागि भन्दै कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेडलाई ६०–४० को साझेदारीअन्तर्गत नगर क्षेत्रभित्रको फोहोर व्यवस्थापनका लागि रु दुई करोड ५४ लाख दिने निर्णयप्रति पाँच दलीय गठबन्धन दलले ध्यानाकर्षण भएको जनाएका हुन् ।

नेपाली कांग्रेस विर्तामोड नगर समितिका सभापति भोजराज सिटौला, नेकपा (माओवादी केन्द्र)का विर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुब्बा, राप्रपा विर्तामोड नगर समितिका अध्यक्ष रञ्जु प्याकुरेल, नेकपा (एकीकृत समाजवादी) विर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौला र जनता समाजवादी पार्टी विर्तामोड नगर समिति अध्यक्ष तिलबहादुर राईले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘नगरपालिकाले सेयर लगानी गर्ने कम्पनीले कर्जा चुक्ता नगरेको, कालोसूचीमा पर्न लागेको र जनताको पैसाको सुरक्षाको कुनै सुनिश्चितता नभएको, फोहोर व्यवस्थापनको स्पष्ट योजना नभएको अवस्थामा नगरपालिकाबाट रकम निकासा नगर्न ध्यानाकर्षण गराउँदछौँ’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

बैकंबाट कर्जा लिएर ऋण भुक्तानी गर्न नसकेर कालोसूचीमा पर्न लागेको र माछापुच्छे् बैंकले गत भदौ १० गते नै उक्त कम्पनीका नाममा रु तीन करोड ६३ लाख ३६ हजार तीन सय ८९ भुक्तानी गर्न भनी २१ दिने सूचना सार्वजनिक गरेको पाइएको छ । बैंकले दिएको २१ दिने अवधि यही भदौ ३१ गते पुग्ने उल्लेख गरिएको विज्ञप्तिमा उक्त अवधि पुग्नुअगावै विर्तामोड नगरपालिकाबाट रु दुई करोड ५४ लाख लिएर बैंकको किस्ता तिर्नु र कम्पनीलाई कालोसूचीमा पर्नबाट जोगाउन चलखेल भएको ठहर गरिएको छ ।

विर्तामोड नगरपालिकाभित्र उत्पादन हुने फोहोरमैलाको व्यवस्थापनका लागि नगरभित्र नै ठोस योजना बनाउन उचित हुने जनाउँदै सर्वदलीय सहमति कायम गरेर दीर्घकालीन योजना बनाउन पनि विज्ञप्तिमार्फत नगरपालिकालाई आह्वान गरिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ८ : ५२ बजे

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्