दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

आज २०७९ भदौ २८ गते मंगलबार । आज दिनभर राष्ट्रपति भण्डारीद्वारा ५ वटा विधेयक प्रमाणीकरण,  प्रधानमन्त्री देउवा र अध्यक्ष लीबीच भेटवार्ता, प्रचण्डलाई एक्लो महसुस, न्यायाधीशका लागि सिफारिस भएकाहरुविरुद्ध उजुरी आह्वान, मतपत्र छपाइको प्रक्रिया सुरु लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

राष्ट्रपति भण्डारीद्वारा ५ वटा विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वटा विधेयक प्रमाणिकरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका पाँचवटा विधेयक प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा(२) बमोजिम तथ्याङ्कसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेकी छन् ।

प्रधानमन्त्री देउवा र अध्यक्ष लीबीच भेटवार्ता
नेपालको चार दिवसीय औपचारिक भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकाँग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सुले प्रधानमन्त्री शेर बहादुर देउवासंग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्ताका क्रममा दुइपक्षिय सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । भेटमा प्रधानमन्त्री देउवाले नेपाल र चीनबीच रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।

नेपाललाई चीनले गरेको सहयोगका बारेमा पनि भेटमा छलफल भएको परराष्ट्र मामिला सल्लाहकार अरुणकुमार सुवेदीले जानकारी दिए । लीले आज नै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड लगायतसँग भेटवार्ता गरेका थिए ।

न्यायाधीशका लागि सिफारिस भएकाहरुविरुद्ध उजुरी आह्वान
संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएकाहरुविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

सिंहदरबारमा आज बसेको समिति बैठकले न्याय परिषद्द्वारा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीबिरुद्ध उजुरी आह्वानका लागि १० दिनको सूचना जारी गर्ने निर्णय गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए।

प्रचण्डलाई एक्लो महसुस
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौं करोडौं मानिसका बीचमा रहेपनि अहिले एक्लो महशुस हुन थालेको बताएका छन् ।

आज काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किरातीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यू’को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका बेला सिंगो मानव जातिको लागि काम गरेको अनुभूति भएको भएपनि अहिले एक्लो महशुस हुन थालेको बताएका हुन् ।

मतपत्र छपाइको प्रक्रिया सुरु
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । नमूना मतपत्र छाप्ने कार्य सम्पन्न भएपछि समानुपातिकको मतपत्रको प्रक्रिया अगाडि बढाइएको हो ।

आयोगले यही भदौ १५ देखि आगामी असोज १ गतेसम्म उम्मेदवारको नामको बन्द सूची तयार गर्न राजनीतिक दललाई समय तोकेको छ ।
हो ।

जलवायुसम्बन्धी लक्ष्य पूरा गर्न नेपाललाई २५ अर्ब डलर चाहिने
अर्थमन्त्री जनार्दन शर्माले जलवायुसम्बन्धी राष्ट्रिय स्तरमा निर्धारित योगदान (एनडीसी) अन्तर्गतका सशर्त न्यूनीकरण लक्ष्य पूरा गर्न नेपाललाई करिब २५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको बताएका छन् ।

दक्षिण कोरियाको इन्चोनमा आज आयोजित दोस्रो हरित जलवायु कोष ग्लोबल प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालमा ५५ देशको दुई खर्ब २८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी
नेपाल राष्ट्र बैंकले नेपालमा संसारका विभिन्न ५५ देशको दुई खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको जनाएको छ ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कूल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४ दशमलव ८ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

कूल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३ दशमलव ९ प्रतिशत, सञ्चितिको ३१ दशमलव छ प्रतिशत र कर्जाको अंश १४ दशमलव पाँच प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ९ : २२ बजे

पुल भाँचिएर रोकिएका सवारी साधन वैकल्पिक मार्गबाट सञ्चालन

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर

पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाइँदै

काठमाडौं – तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती शनिबार विविध कार्यक्रम

शनिबार उपत्यकाका कुनकुन ठाउँमा काटिन्छ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा

अमेरिकी डलर उच्च बिन्दुमा : शनिबारको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल पुस २७ गते शनिबार तदनुसार