जुम्लामा तेस्रो स्याउ महोत्सव सम्पन्न « Khabarhub

जुम्लामा तेस्रो स्याउ महोत्सव सम्पन्न


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा यस पटक तेस्रो स्याउ महोत्सव सकिएको छ । स्याउको प्रसार प्रचार र बजारीकरण लागी महोत्सवको आयोजना गरिएको हो ।

त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले यस्ता प्रकारका महोत्सवले स्याउ प्रवर्द्धन र बजारीकरणमा टेवा पुग्ने बताए । उनले भने स्याउ महोत्सव हरेक वर्ष गरिनु पर्ने बताए ।

उनले हाम्रा हरेक मेला चाडपर्वको विकास हाम्रो उत्पादन श्रमसँग आवश्यक रहेको बताए । स्याउ महोत्सवमा प्रमुख अतिथिसमेत रहेका थकालीले हरेक वर्ष महोत्सव गर्दै गए कालान्तरमा यो पर्वका रूपमा विकास हुने बताए ।

२०६३ सालमा जुम्ला सुर्खेत ट्र्याक रोड खुलेपछि मात्र यहाँका किसानले स्याउ र ओखर लगाउन तीव्रता दिएका थिए । मुस्ताङको सबै ठाउँमा स्याउ फल्दैन । तर जुम्लामा त्यस्तो कुनै ठाउँ छैन जहाँ स्याउ नफलोस् । त्यसैले स्याउ उत्पादन हुने क्षेत्र हरेक वर्ष बढिरहेको छ । सुरुका दिनमा बजार वरिपरिमा सीमित उत्पादन हाल जिल्लाको सबै वडासम्म विस्तार भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले स्याउ जुम्लाको पहिचान भएको बताए । यहाँको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको स्याउमा राज्यले ठूलो लगानी गरेको छ । स्याउ सुपर जोन कार्यक्रम सञ्चालन पनि गरेको छ ।

ुअहिले स्याउ उत्पादनमा अनुदानका कार्यक्रम सञ्चालन त गरेको छ । ढुवानीमा पनि अनुदान दिनु पर्ने आवश्यकता छ,ु केसीले भने ।

काञ्जिरोवा टाइम्स पत्रिकाको आयोजनामा सञ्चालन गरिएको स्याउ महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको पनि कला र सङ्गीत प्रस्तुत गरिएको थियो । जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न गरिएको कान्जिरोवा टाइम्सका निर्देशक महेन्द्र कार्कीले बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ९ : ४१ बजे

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन

सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातिले सोध्लान, महान्यायाधिवक्ता ज्यु, यही हो सुशासनु

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा