दुई वर्षमा भूमिहीन रहँदैन : मन्त्री श्रेष्ठ « Khabarhub

दुई वर्षमा भूमिहीन रहँदैन : मन्त्री श्रेष्ठ


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भूमिसुधार, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले दुई वर्षभित्र सबै भूमिहीनलाई जग्गा उपलब्ध हुने बताएकी छन् । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ मा भूमिहीनहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने कार्यक्रममा उनले भूमि आयोग गठन भएपछि ४९ हजार जग्गाविहीन जग्गाको मालिक भएको जानकारी दिइन् ।

भोटसँग लालपुर्जा साट्नु नहुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले लालपुर्जासँग कसैले भोटको राजनीति गरेमा प्रतिवाद गर्न आग्रह गरिन्। निर्वाचन आचारसंहिताको बहानामा पनि लालपुर्जा वितरण नरोकिने बताउँदै उनले जग्गा वितरण नियमित प्रक्रिया भएकाले जिल्ला भूमि आयोगले जहिले पनि वितरण गर्न सक्ने बताईन् ।

अग्निसाइर कृष्णसवरण गाउँपालिकाका अध्यक्ष दीनानाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ४ का ८५ जना भूमिहीन घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । कार्यक्रममा मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रतिनिधिसभा सदस्य डाक्टर सूर्यनारायण यादव, राष्ट्रिय भूमि आयोग नेपालका अध्यक्ष केशव निरौला, उपाध्यक्ष महेन्द्र खडका लगायतले मन्तव्य व्यक्त गरिन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ९ : ४९ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते