दुई वर्षमा भूमिहीन रहँदैन : मन्त्री श्रेष्ठ « Khabarhub

दुई वर्षमा भूमिहीन रहँदैन : मन्त्री श्रेष्ठ


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भूमिसुधार, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले दुई वर्षभित्र सबै भूमिहीनलाई जग्गा उपलब्ध हुने बताएकी छन् । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ मा भूमिहीनहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने कार्यक्रममा उनले भूमि आयोग गठन भएपछि ४९ हजार जग्गाविहीन जग्गाको मालिक भएको जानकारी दिइन् ।

भोटसँग लालपुर्जा साट्नु नहुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले लालपुर्जासँग कसैले भोटको राजनीति गरेमा प्रतिवाद गर्न आग्रह गरिन्। निर्वाचन आचारसंहिताको बहानामा पनि लालपुर्जा वितरण नरोकिने बताउँदै उनले जग्गा वितरण नियमित प्रक्रिया भएकाले जिल्ला भूमि आयोगले जहिले पनि वितरण गर्न सक्ने बताईन् ।

अग्निसाइर कृष्णसवरण गाउँपालिकाका अध्यक्ष दीनानाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ४ का ८५ जना भूमिहीन घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । कार्यक्रममा मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रतिनिधिसभा सदस्य डाक्टर सूर्यनारायण यादव, राष्ट्रिय भूमि आयोग नेपालका अध्यक्ष केशव निरौला, उपाध्यक्ष महेन्द्र खडका लगायतले मन्तव्य व्यक्त गरिन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ९ : ४९ बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक