अवैध संरचना भत्काउने काम जारी | Khabarhub Khabarhub

अवैध संरचना भत्काउने काम जारी


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – झन्डै एक महिनादेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको अवैध संरचना भत्काउने काम जारी छ । सो कार्यअन्तर्गत आज कामपाले विशालनगरमा सञ्चालित मल्टी स्कुलले फुटपाथ मिचेर निर्माण गरेको एक सय मिटर कम्पाउन्ड भत्काएको छ ।

त्यसैगरी विशालनगरमा निर्माणाधीन अवस्थामा रहेको एडिबीको भवन निर्माणका क्रममा निर्माण सामग्री सडकमा राखेको पाएपछि ठेकेदारलाई रु २० हजार जरिवाना गराइएको छ ।

त्यस्तै कालीमाटी कुलेश्वरमा अवैध संरचना हटाउने सम्बन्धमा माइकिङ गरी पुनः सम्बन्धित व्यक्तिलाई नै हटाउन आग्रह गरिएको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

अवैधरूपमा निर्माण भएका संरचना भत्काउने सम्बन्धमा कामपाले गत साउन १ गते दिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि यही भदौ ६ गतेदेखि त्यस्ता संरचनालाई डोजर लगाएर भत्काउन सुरु गरिएको हो ।

नक्साअनुसार निर्माण नगरिएका, नक्साअनुसार निर्माण गरिए पनि सोही अनुसार प्रयोग नगरिएका र सार्वजनिक जग्गा मिचेर बनाइएका सबै संरचना अवैध ठहर गर्दै कामपाले त्यस्ता संरचनामाथि डोजर चलाएर भत्काउन सुरु गरेको हो ।

हालसम्म कामपाले अवैध ठहर भएका सानाठूला गरी दुई सयभन्दा बढी संरचना भत्काइसकेको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने कामपाको भनाइ छ । उक्त कार्य कामपाले सुरु गरेको एक महिना बित्न नपाउँदै उपत्यकाका अन्य र उपत्यका बाहिरका स्थानीय तहले पनि यसलाई कार्यान्वयन गर्न थालेका छन् ।

हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेका छन् । ती सबैलाई कानूनी दायरामा ल्याउने कामपाको तयारी छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १० : ३३ बजे

पल शाहको फिल्म ‘मोहर’ हेर्ने ९ दर्शकलाई ‘सुनको मोहर’ जित्ने मौका

काठमाडौं – नायक पल शाह स्टारर पाँचौँ सातामा प्रदर्शनरत फिल्म

संखुवासभाको शैक्षिक पूर्वाधार विकासमा मन्त्री खड्काद्धारा शिक्षामन्त्री पन्तसँग भेट 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले शिक्षा, विज्ञान तथा

सामाजिक सञ्जाल बन्द भएपछि युट्यूबर विरोधमा, देशभर आन्दोलन गर्ने

काठमाडौँ – सरकारले विद्युतीय सामाजिक सञ्जाल बन्द गरेको विरोधमा युट्यूबरहरूको

माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ : अध्यक्ष दाहाल

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

नेताका छोराछोरी, सोसल मिडिया र भ्रष्टाचारको एजेन्डा बोकेर जेनजी पुस्ता सडकमा आउँदै

काठमाडौं – सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको ओली सरकारले अब जेनजी